मेम्बर सेक्रेटरी कप कराते हुने

मेम्बर सेक्रेटरी कप कराते हुने


नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तराष्ट्रिय कराते प्रतियोगिता जेठ ४ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपालबाट ४ सय, भारतबाट १ सय ५० र बंगलादेशबाट १० गरी ५ सय ६० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतियोगिताका दौरान काठमाडौं महानगरपालिका वडा नम्बर २६ का अन्तर्रा्ष्ट्रिय पदक विजेतालाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।