मष्तिस्काघातका कारण प्रदेससभा सदस्य लामिछानेको निधन

मष्तिस्काघातका कारण प्रदेससभा सदस्य लामिछानेको निधन


प्रदेशसभा सदस्य हरिशरण लामिछानेको आज निधन भएको छ । नेकपा एमाले भक्तपुरका सचिव एवम् प्रदेश नं ३ का प्रदेशसभा सदस्य लामिछानेलाई मष्तिस्काघात भएपछि केएमसी अस्पतालमा उपचार चलिरहेको थियो । विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मनुभएका ५१ वर्षीय लामिछानेको उपचारका क्रममा निधन भएको हो ।

प्रेसरको समस्या रहेपनि उहाँ गत शनिबार रारा क्षेत्रको भ्रमण सकेर घर फर्किनुभएको थियो । त्यसपछि अस्वस्थता अनुभव गर्नुभएका उहाँलाई हिजो आइतबार मष्तिस्काघात (ब्रेन ह्यामरेज) भएको उहाँको पारिवारिक सुत्रले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीलगायत एमालेका वरिष्ठ नेताहरुले अस्पताल पुगेर भेट गरेका थिए । दिवंगत लामिछानेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । लामिछाने नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।