हाईस्कूल कराते जेठ दोश्रो साता

हाईस्कूल कराते जेठ दोश्रो साता


नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार हाईस्कूल कमिटीको आयोजनामा जेठ १३ देखि २३ औं अन्तर्राष्ट्रिय हाईस्कूल कराते प्रतियोगिताको आयोजना हुने भएको छ ।

चिल्ड्रेन, क्याडेट, जुनियर तथा सिनियर ईभेन्ट सहित पुरुष तर्फ ३४ र महिला तर्फ ३३ ईभेन्ट गरी कूल ६७ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक एबम हाईस्कूल कमिटीका अध्यक्ष गजेन्द्र बहादुर खपाँगीले जानकारी गराएका छन् ।

प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश र भुटान गरी करिव दुई हजार खेलाडीहरुको सहभागिता रहनेछ । तीन दिन सम्म निरन्तर चल्ने उक्त प्रतियोगिताका खेलहरु त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा संचालन हुनेछ ।

बिगत २२ बर्षदेखि संचालन भईरहेको यस प्रतियोगिता २३ औं संस्करणको रुपमा यस पटक आयोजना हुदैछ । प्रतियोगिता बिधालयस्तरका उदयीमान खेलाडीहरुका निम्ति गतिलो प्लेटफर्मको रुपमा मानिएको छ ।