स्वास्थ्य सरोकारःजन्मजात मुटुरोग -सम्झना शाक्य

स्वास्थ्य सरोकारःजन्मजात मुटुरोग -सम्झना शाक्य


साधारणतया बच्चाहरू जन्मँदाखेरि मुटुको बनावट सामान्य हुनुपर्छ । तर, कुनै बच्चाहरू जन्मँदाखेरि नै असामान्य मुटुको बनावट लिएर जन्मिएका हुन्छन् । यसरी जन्मजातै मुटुमा विकृति लिएर जन्मिएमा यस्तो अवस्थालाई नै जन्मजात मुटुरोग भनिन्छ ।
बनावटको हिसाबले मुटुको दायाँ भाग र बायाँ भागको बीचमा छेकबार हुन्छ जसले गर्दा यी दुईबीचमा सम्पर्क हँुदैन । यसको फाइदा के हुन्छ भने शुद्ध रगत र अशुद्ध रगत एक-आपसमा मिसिन पाउँदैन । तर, कहिलेकाहीँ जन्मजातै यी दुई भागबीच प्वाल भएर सम्पर्क हुन जान्छ । पलस्वरूपः बायाँतिरको शुद्ध रगत दायाँ जाने वा दायाँतिरको अशुद्ध रगत बायाँ जाने हुन जान्छ । पहिलो अवस्थामा बच्चा नीलो देखिँदैन भने दोस्रो अवस्थामा बच्चा नीलो देखिन्छ ।
जन्मजात मुटुरोग विभिन्न किसिमका हुन्छन् । कुनैमा बच्चा नीलो देखिन्छ भने कुनैमा नीलो देखिँदैन । बच्चा नीलो नदेखिने जन्मजात मुटुरोगहरूमा केही प्रमुख रोगहरू यसप्रकार छन् ।
ड्ड एएसडी (Atrial Septal Defect)
ड्ड भीएसडी (Ventricular Septal Defect)
ड्ड पीडीए (Patent Ductus Arteriosus)
एएसडी (Atrial Septal Defect)
यो एउटा यस्तो अवस्था हो जसमा मुटुका चारकोठाहरूमध्ये माथिका दुई कोठा दायाँ अट्रियम र बायाँ अट्रियमका बीचमा जन्मजात प्वाल हुन्छ ।
यसको असर
यस प्वालले गर्दा मुटुको बायाँतिरको अट्रियमबाट रगत दायाँ अट्रियमतिर आउँछ जस कारण दायाँ अट्रियमबाट रगत शुद्धीकरणका लागि फोक्सोमा प्रवाहित हुने रगतको मात्रा बढी हुन जान्छ । फलस्वरूप मुटु फुल्न सक्छ । बच्चाहरूमा फोक्सोको सङ्क्रमण भइराख्ने, स्वाँ-स्वाँ आउने हुन सक्छ । रोगको असर बढी भएमा बच्चाको शारीरिक वृद्धि विकासमा बाधा पुग्ने, हातखुट्टा सुन्निने र मुटुको चालमा गडबडी आउने हुन सक्छ ।
यसको उपचार
बढी जसो यस्तो अवस्थामा मुटुको अप्रेसन गरेर प्वाल टाल्नुपर्ने हुन्छ । बिरामीको अवस्था हेरीकन एक वर्षदेखि पाँच वर्षभित्रमा अप्रेसन गर्न सकिन्छ । अथवा रोग पछि पत्ता लागेको छ भने पछाडि नै अप्रेसन गरिन्छ ।
अप्रेसनबाहेक क्ष्लतभचखभलतष्यलब ऋिबतजभतभच पद्धतिबाट पनि कुनै-कुनै अट्रियल सेप्टल डिफेक्टलाई बन्द गर्न सकिन्छ । कहिलेकाहीँ सानो मात्रै प्वाल छ भने यो आपै+m टालिने सम्भावना पनि हुन्छ । यद्यपि चिकित्सकको नियमित निगरानीमा भने बस्नुपर्ने हुन्छ ।
भीएसडी (Ventricular Septal Defect)
यो एउटा यस्तो अवस्था हो जसमा मुटुका चार कोठामध्ये तलका दुई कोठा दायाँ भेन्ट्रिकल र बायाँ भेन्ट्रिकलका बीचमा जन्मजात प्वाल हुन्छ ।
यसको असर
भीएसडीमा पनि मुटुको देब्रे भेन्ट्रिकलबाट दाहिने भेन्ट्रिकलमा धेरै रगत गइरहेको हुन्छ र सो रगत दायाँ भेन्ट्रिकलबाट फोक्सोमा पुगी पुनः बायाँ भेन्ट्रिकलमा नै फरि्कन्छ । जसकारण मुटुभित्र रगतको चाप बढी हुनाले अझ धैरै रगत बायाँ भेन्ट्रिकलबाट दाहिने भेन्ट्रिकलतिर बगिरहेको हुन्छ । फलस्वरूप मुटु फुल्ने, फोक्सोको सङ्क्रमण हुने, खोकी लाग्ने, स्वाँ-स्वाँ हुने हुन सक्छ ।
यसको उपचार
धेरै सानो प्वाल छ र यसले कुनै हानि गरेको छैन भने अप्रेसन गरिरहन जरुरी छैन तर प्वाल यदि ३ एमएमभन्दा ठूलो छ भने त्यस्ाले केही न केही असर गरेको हुन सक्छ । सानो प्वाल कहिलेकाहीँ आप+mै पनि टालिन सक्छ तर चिकित्सकको नियमित निगरानी भइराख्नु जरुरी पर्छ ।
शरीरमा रोगले पारेको असरअनुसार अप्रेसनको समय मिलाउनुपर्छ । साधारणतया बाल्यावस्थामा नै रोग पत्ता लागेको ६ महिनादेखि एक-दुई वर्षभित्रमा प्वाल टाल्नुपर्छ ।
कहिलेकाहीँ धेरै सानो बच्चामा ख्क्म् ले ज्यादै खराब असर गरेको छ भने प्वाल नटालीकन फोक्सोमा जाने रगतको नली साँगुरो बनाउनुपर्ने हुनसक्छ ।
पीडीए (Patent Ductus Arteriosus)
बच्चा गर्भावस्थामा रहँदा फोक्सोमा जाने मुख्य रक्तनली (Pulmonary Artery) र शरीरको अन्य भागमा रक्त सञ्चालनका लागि जानै मुख्य रक्तनली (Aorta) को बीचमा एउटा सानो रक्तनली हुन्छ जसलाई Ductus Arteriosus भनिन्छ । बच्चा जन्मेपछि उक्त रक्तनली आपै खुम्चिन्छ र बन्द हुन्छ । कसैकसैमा यो बन्द हुन सक्दैन, यस्तो अवस्थालाई PDA (Patent Ductus Arteriosus) भनिन्छ ।
यसको असर
PDA ले गर्दा एओर्टाबाट शरीरमा शुद्ध रगत सञ्चालनका लागि बगेको रगत केही मात्रामा फोक्सोमा जाने मुख्य रक्तनली (Pulmonary Artery) हुँदै फोक्सोतिर पनि जान्छ । यसले गर्दा बच्चालाई खोकी लाग्ने, निमोनिया हुने, मुटुले काम गर्न नसक्ने, बच्चाको वृद्धि विकास राम्ररी नहुने हुन सक्छ । एम्ब् लाई सामान्यतयाः अप्रेसन गरेर बन्द गरिन्छ ।
हामीले बुभनुपर्ने कुराहरू
माथि छलफल गरिएका जन्मजात मुटुरोगहरूलाई जन्मजात मुटुरोगहरूमध्येका सामान्य जन्मजात मुटुरोगहरूको रूपमा लिइन्छ । तर, समयमा नै रोग पत्ता लगाउनु र उपचार गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ । हुन त यी रोगहरूमा बिरामी नीलो देखिँदैन तर यस्ता रोगहरूको समयमा नै उपचार गरेन भने पछि गएर बिरामी नीलो देखिन सक्छ । यस्तो अवस्थामा अप्रेसन नै गर्न नमिल्ने हुन सक्दछ । त्यसैले समयमा नै रोगको उपचार गराउन सजग हुनुपर्छ । हिजोआज त गर्भावस्थामा नै, गर्भमा रहेको बच्चाको जन्मजात मुटुरोग छ कि छैन भनी हेर्ने प्रविधिसमेत नेपालमा नै छ । यसलाई Foetal Echocardiography भनिन्छ । जन्मजात मुटुरोगको सम्बन्ध वंशाणुगत पनि देखिएको हुँदा आपना परिवारमा जन्मजात मुटुरोग भएका व्यक्तिहरूले आपना बालबालिकाहरूको एकपटक जाँच गराउँदा राम्रो हुन्छ । त्यस्तैगरी, शङ्का लागेका गर्भवती महिलाले पनि गर्भमा रहेको बच्चाको भिडियो एक्स-रे गराउन सक्दछन् ।
किन हुन्छ जन्मजात मुटुरोग ?
जन्मजात मुटुरोग ठ्याक्कै यही कारणले हुन्छ भन्न त गाह्रो छ । तर, गर्भावस्थामा अत्यधिक मात्रामा धुम्रपान तथा मध्यपान गर्ने महिलाको ब्ाच्चाहरूमा यस्तो देखिन सकिन्छ । गर्भावस्थामा कुपोषित महिलाको बच्चामा पनि यस्तो देखिन सकिन्छ । साथै यसको वंशाणुगत सम्बन्ध पनि हुन्छ । गर्भावस्थामा कडा खालको औषधिहरू खाएमा वा रुवेलाको संक्रमण भएमा पनि यस्तो जोखिम हुन सक्दछ । यस्तो भनेर सबै दोष महिलालाई मात्र थोपर्न खोजेको भने पक्कै होइन । हामी सबैले रोगको प्रकृति बुझेर महिलाको पोषण अभिवृद्धि गर्ने, गर्भावस्थाको नियमित जाँच गराउने, बच्चाहरूले जन्मजात मुटुरोगको लक्षण देखाएका छन् भने समयमा नै जाँच तथा उपचार गराउने गरेमा धेरै हदसम्म यो रोगको नियन्त्रण गर्न सकिन्छ ।
(लेखिका सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा वरिष्ठ स्टाफ नर्स हुनुहुन्छ ।)