फुटबलका विराज र तेक्वान्दोकी मेलिशा सम्मानित

फुटबलका विराज र तेक्वान्दोकी मेलिशा सम्मानित


राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन र तेक्वान्दो खेलाडी मेलिशा खड्गी नगदसहित सम्मानित भएका छन् । खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै थापाथली जनकल्याण परिवारले आफ्नो २९औँ वार्षिकोत्सवका अवसरमा उनीहरूलाई सम्मान गरेको हो । सोही अवसरमा अन्य क्षेत्रमा योगदान पु¥याउनेलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

विराजको कप्तानीमा नेपालले बंगलादेशमा भएको बंगबन्धु गोल्डकप, मलेसियामा भएको एएफसी सोलिडारिटी कप र भारतमा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको थियो । त्यस्तै मेलिशाले टप माउन्टेन तेक्वान्दो सङ्घ, हङकङले आफ्नो नवौँ वार्षिकोत्सवका अवसरमा हङकङमा आयोजना गरेको नवौँ तेक्वान्दो ग्योरोगी च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । मेलिशा आठौँ संस्करणको पनि स्वर्ण विजेता हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले दुवैलाई जनही १० हजार र प्रशंसापत्र प्रदान गरी सम्मान गरेका हुन् ।