प्रदेशको आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता

प्रदेशको आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता


प्रदेश नम्बर एक, दुई र सातका मुख्यमन्त्रीले आर्थिक विकासका सम्भावनको पहिचान गरेर प्रदेशको आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आयोजना गरेको गोष्ठीमा प्रदेशका मुख्यमन्त्रीहरुले विभिन्न खानी तथा रत्न उत्खनन गर्न आवश्यक नीति निर्माण गरेर प्रदेशको अर्थतन्त्र विकास गर्ने बताएका हुन् ।

गोष्ठीमा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले सुनचाँदी तथा अन्य व्यवसाय क्षेत्रका समस्याको प्रकृति पहिचान गरेर रत्न उत्खनन गर्ने बारे आगामी प्रदेश सरकारको बजेटमा सम्वोधन गर्ने बताए । उता प्रदेश दुईका मुख्यमन्त्री लालवावु राउतले नीति नियम निर्माण गर्ने व्यक्तिको असल चरित्र नभएको भन्दै दुई नम्बर प्रदेशमा स्वतन्त्र रुपमा व्यवसाय सञ्चालन गर्ने वातवरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक स्रोत परिचालनको लागि व्यवसायी मैत्री नति लिइने प्रष्ट पारेका थिए ।

कार्यक्रममा महासंघका अध्यक्ष रमेश मर्हजनले एकाधिकार जमाउने सरकारको प्रवृत्ति अन्य गरेर खानी उत्खननमा सरकारले तदारुक्ता देखाउनुपर्ने बताएका थिए ।