माओवादी धेरै सच्चिइसकेको छ :नेता केपी ओली

माओवादी धेरै सच्चिइसकेको छ :नेता केपी ओली


नेकपा एमालेका प्रभावशाली नेता केपी ओली माओवादीका चर्का आलोचक मानिनुहुन्छ । उहाँलाई एमालेभित्रको सच्चा लोकतन्त्रवादी नेताका रूपमा लिइन्छ । उहाँसँग वर्तमान गठबन्धन, शान्ति र संविधानलगायत समसामयिक विषयमा घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको सम्पादित अंश ः
सातबुँदे सहमतिबारे तपार्इं झुक्किनुभएको हो कि पहिले थाहै नपाउनुभएको ?
सिद्धिसकेको कुरालाई अब नकोट्याऊँ । हाम्रो केन्द्रले त्यसबारे उपचार गरिसकेको छ । म झुक्किएको होइन, थाहा नभएको हो । कहाँ-कहाँ, कसले के-के गर्छ, सबै कुरा कहाँ थाहा हुन्छ ?
यसपटक तपाईंले एमालेलाई गृह मन्त्रालय दिलाउने पार्टी निर्णय कार्यान्वयन गराउन सक्नुभएन नि ?
प्रधानमन्त्रीले पार्टीको निर्णय किन कार्यान्वयन गर्नुभएन भन्ने मैले बुझेको छैन । तर, त्यसमा प्रधानमन्त्रीले ढिलाइ गर्नुभएको भने म मान्छु । हुँदैहुँदैन भन्ने म मान्दिनँ ।
पार्टीले गृहमन्त्री भनेर पठाएको विष्णु पौडेललाई त अर्कै मन्त्रालय पो दिइयो त ?
हाम्रो पार्टीको निर्णय त्यही हो । अबको गृहमन्त्री उहाँ नै हो ।
विष्णु पौडेल त रक्षामन्त्री हुनुभइहाल्यो नि ?
उहाँले दुवै मन्त्रालय पनि लिन सक्नुहुन्छ ।
त्यसका आधार के छन् ?
त्यसमा मलाई धेरै गइरहनुपर्छ जस्तो लाग्दैन ।
एमालेभित्रै अब माओवादीलाई गृहमन्त्री दिने भनिँदै छ नि त ?
त्यसमा म बहस गर्न चाहन्न । त्याग अहिले प्रधानमन्त्रीसँग छ । अनावश्यक रूपमा उछालेर भावना भड्काउनु, द्वन्द्व मच्चाउनु म आवश्यक पनि ठान्दिनँ ।
शान्ति-सुरक्षा र अमनचैन कायम राख्नेजस्तो संवेदनशील मन्त्रालय प्रधानमन्त्रीले राख्दा अप्ठ्यारो हुँदैन ?
पार्टीले यस सम्बन्धमा निर्णय गरिसकेको छ ।
पार्टी स्थायी समिति बैठकपछि पौडेलले गृहमन्त्री पाउनुहुन्छ ?
त्यो निर्णय भई नै सकेको छ । प्रधानमन्त्रीले किन त्यस्तो गर्नुभयो, मैले बुझेको छैन ।
प्रधानमन्त्रीसँग स्पष्टीकरण लिनुहुन्छ त ?
यसमा कमिटीले नै कुरा गर्छ ।
प्रधानमन्त्रीले माओवादीलाई काखी च्यापेका कारण ध्रुवीकरणतिर मुलुक जान थालेको देख्नुहुन्न ?
बने सहमतिको सरकार राम्रो कुरा हो । नबने बहुमतकै सरकारबाट पनि राष्ट्रिय सहमतिका साथ शान्ति र संविधानको बाटोमा जान सकिन्छ । तर, अहिले काङ्ग्रेसलाई बाहिर राखेर जसरी दुईतिहाइ पुर्‍याउने र संविधान जारी गर्न खोज्ने अभ्यास प्रकट भइरहेको छ, त्यो द्वन्द्वतिर लैजाने उग्रवामपन्थी र उग्रवामपन्थी प्रभावित सोच हो । त्यो फेरि पनि तथाकथित सामाजिक क्रान्ति, वर्गसङ्घर्ष जेसुकै नाममा द्वन्द्वकै पक्षमा हुन्छ । अहिलेको सङ्क्रमणकाल टुङ्ग्याउने दिशामा सकारात्मक कदम हुन सक्दैन ।
तपाईं त्यस्तो ध्रुवीकरण रोक्न सफल हुनुहोला ?
त्यो मैले सक्ने वा नसक्ने भन्दा पनि आफैं रोकिन्छ । संविधानसभाको निर्वाचनपछि माओवादीले काङ्ग्रेसलाई सरकारमा सामेल गर्न चाहेन । उससित सहकार्य गर्न चाहेन । प्रधान अन्तरविरोध भनेर काङ्ग्रेसलाई वर्गशत्रु घोषणा गर्‍यो । काङ्ग्रेससित प्रमुख लडाइँ घोषणा गरेर बस्यो । आफ्नै नेतृत्वमा सरकार हुँदा पनि शान्ति र संविधान चाहेन । राष्ट्रिय सहमतिभन्दा पनि सत्ताकब्जा गर्नतिर लाग्यो । व्यावहारिक रूपमा ‘कु’जस्ता कदम चालेर विपरीत बाटो समात्यो र राजनीति ध्रुवीकृत भयो । ऊ असफल भयो । एमाले नेतृत्वको सरकारमा ऊ आउन चाहेन । एमालेको एउटा सेक्सनलाई शत्रु घोषण गर्‍यो । अहिले पनि यो सरकारलाई पूर्णता दिन संसारका कुनै पनि तागतले रोक्न सक्दैन, सबै प्रतिक्रियावादीलाई जवाफ दिइन्छ भनेको के ? आफू अनावश्यक कुरामा अल्झिने अनि प्रतिक्रियावादी कसलाई खोजेको ? मैले बुझेको छैन ।
सातबुँदे सहमतिले मुलुकलाई ध्रुवीकरणतिर लग्यो नि ?
सातबुँदे त सन्दर्भहीन भइसक्यो ।
वामपन्थी गठबन्धन त छ नि ?
माओवादी समर्थनमा सरकार बन्नु र सरकारमा सामेल हुनु बेग्लै कुरा हो । वामपन्थी गठबन्धन भन्ने नै छैन । यस्तो गठबन्धन अगाडि बढ्दैन । यसमा नेकपा एमाले जाँदैन । त्यो मूर्खता मात्र हो । यसमा अनावश्यक बहस गर्न पर्दैन ।
पार्टी अध्यक्षलाई फिर्ता बोलाउन सक्नुहुन्छ त ?
यसमा अहिले जान आवश्यक छैन । माओवादीले मनमनै आँखा चिम्लेर भए पनि जनविद्रोहको चित्र बनाएको छ । उसले राष्ट्रिय हितमा गम्भीर कुठराघात हुनेगरी अनावश्यक र अनुचित रूपमा विदेशीलाई गाली गर्ने या देशभित्रै कसैलाई शत्रु खडा गर्न सक्छ ।
तपाईंको अध्यक्षलाई त्यही माओवादी नै प्यारो भयो त ?
प्यारो, नप्यारोतिर म जान चाहन्न । माओवादीले चाहने हो भने, सङ्क्रमणकाललाई टुंग्याउन शान्ति र संविधानको दिशामा अगाडि बढ्न सक्छ । जनविद्रोहकै बाटो लियो भने अलिकति समस्या खडा हुन सक्छ । तर, त्यस्तो तागत ऊसित छैन ।
तपाईं माओवादीको कडा आलोचक किन हुनुभएको ?
त्यो गलत हो । मान्छे मारेको, उद्योगधन्दा बन्द गरेको, तोडफोड गरेको, जनविद्रोह गर्नुपर्छ भन्नेमा समर्थन गर्ने ? यस देशका जनता नमारियून्, कोही टुहुरा नहुन्, अंगभंग नहुन्, लुटपाट नहोस् भन्ने मेरो चाहना हो । माओवादीलाई सच्याउने मेरो प्रयास हो । उसको हत्यानीति, लुटमार, कुटपिटको नीति यथावत् छ ।
भनेपछि माओवादी सच्चिएको छैन ?
युद्धविराम गरेको छ, शान्ति सम्झौतामा हस्ताक्षर गरेको छ, ऊ धेरै सच्चिइसकेको छ ।
सेना समायोजन पहिले कि संविधान ?
समस्या समाधान गर्ने हो कि होइन ? संविधान नामको किताब मात्र जारी गरेर हुन्छ ? शान्तिको आकाङ्क्षा समेटिँदैन भने, हिंसा, हतियार र लडाकु कायम राखेर संविधान बने पनि त्यो निबन्ध मात्र हुन्छ ।
माओवादी त जनसंविधान भनिरहेको छ नि ?
यो मूर्ख बनाउने शब्दावली मात्र हो । के हुन्छ जनसंविधानमा ? देशले चाहेको लोकतान्त्रिक संविधान हो । सामाजिक न्याय र समानता भएको संविधान । बहुलवाद र खुला समाज भएको र बहुदलीय व्यवस्था भएको संविधान । जनताका मौलिक हक र स्वतन्त्रता भएको संविधान । जनसंविधान भनेकोचाहिँ के हो ?
काङ्ग्रेससहितको राष्ट्रिय सहमतिको बाधक को हो ?
मुख्य बाधक माओवादी हो । प्रधानमन्त्रीले पनि काङ्ग्रेससँग गम्भीर वार्ता गर्नुभएको छैन । माओवादीसँग दिनमा तीनपटक वार्ता गर्ने, काङ्ग्रेससित भने एकपटक पनि नगर्ने ? ठोस प्रस्ताव नराखी खाली सरकारमा आऊ मात्र भनेर हुन्छ ? बरु ऊबाहेकको संविधान बनाएर जारी गर्ने प्रयास घातक हुन सक्छ ।
तपाईंले एमालेलाई माओवादीले झुक्याएर सिन्दुर हाल्यो भन्नुभयो, अब यो गठबन्धन कति समय जाला ?
पुरानो कुरा नगरौँ । यो गठबन्धन बनेकै छैन । तर, गठबन्धन शान्ति र संविधानका लागि राष्ट्रिय सहमति बनाएर अगाडि जानका लागि हो । शान्ति र संविधानको कामलाई पूर्णता दिन माओवादीलाई दबाब दिनुपर्ने ठाउँमा चोचोमोचो मात्र मिलाउने हो भने केही पनि प्राप्त हुँदैन । शान्तिप्रक्रिया र संविधानको काम टुङ्ग्याउन नसकेको खण्डमा जहिले पनि समाप्त हुन सक्छ । काम गर्न नसक्ने सरकारको के अर्थ ?
सरकारको गतिविधि हर्ेदा त्यो काम होला त ?
सवा एक महिना भइसकेको छ । काममा ढिलाइ भएको छ । यसैले सबै कुरा निर्धारण गर्ने पनि होइन । यसबाट शिक्षा लिएर तदारुकता लिएर काम गर्दा नसकिने पनि होइन । धैरै दिन भयो, प्रधानमन्त्रीसित मेरो भेट भएको छैन । पार्टी बैठकमा भएको थियो । उहाँ व्यस्त हुनुहुन्छ होला ।
तपाईं बालुवाटार जानुभएको छैन ?
म किन जाने ? जागिर माग्न जाने ? कामै छैन । किन भेट्ने ? भक्तहरूले पशुपति धाएजस्तो हो र ?
शान्तिप्रक्रियाको भविष्य के देख्नुहुन्छ ?
अहिलेसम्म न्यूनतम नीति तथा कार्यक्रमसमेत बनेको छैन । शान्तिप्रक्रिया कुनै दुईजनाले सहमति बनाउँदैमा पूरा होला ? यहाँ जनताका बीचमा कबुल गरेका लिखित सम्झौता त कार्यान्वयन भएको छैन, मौखिक सम्झौताका कुरा के गर्ने ?
माओवादीको आलोचना गरेर मात्र हुन्छ त अब ?
सत्र हजार मान्छे मारेको ठीक छ भन्ने ? लुटेको ठीक छ भन्ने ? गाउँबाट खेदेको ठीक छ भन्ने ? युद्धविराम र शान्ति सम्झौता गर्नु सकारात्मक हो त मैले भनेकै छु नि ।

सम्झनाका तरेलीमा किशुनजी -डा. तिलक रावल
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरिसकेपछि कृषि आयोजना सेवा केन्द्र ? एप्रोक्स) मा ठूलो प्रतिस्पर्धापश्चात् म छानिएँ । त्यही संस्थामा रहेर काम गर्दागर्दै म विश्व बैंकमा परामर्शदातृ भएँ । र, अन्तर्राष्ट्रिय नोकरी गर्न चार वर्षका लागि म ढाका पनि गएँ । त्यहाँबाट फर्केर आउँदा यहाँ ०४६ सालको आन्दोलन चरि्कन लागेको थियो । त्यसमा मेरो सक्रिय सहभागिता रह्यो ।
त्यसक्रममा किशुनजीजस्ता नेताहरूलाई म टाढैबाट देख्दा पनि अत्यन्त आदर र श्रद्धा गर्थें । उहाँसँग मलाई निकट तुल्याउने काम नेपाली काङ्ग्रेसका निडर, साहसी र त्यागी नेता मेरा मित्र राजेन्द्र खरेलले गर्नुभएको हो । सन् १९८४-८८ सम्म अन्तर्राष्ट्रिय नोकरी गरी फरि्कएपछि फेरि कृषि आयोजना सेवा केन्द्रमै प्रोजेक्ट डाइरेक्टर भएर काम गरेँ । त्यतिबेला किशुनजी अन्तरिम सरकारको प्रधानमन्त्री हुनुहुन्थ्यो ।
मलाई थाहै थिएन, एकदिन म कृषि आयोजना सेवा केन्द्रको उपकार्यकारी निर्देशक बनाइएँ । त्यो क्याबिनेट डिसिजन थियो । त्यसपछि फेरि म कृषि विकास बैंकको महाप्रबन्धक बनाइएँ । यसबारे पनि नियुक्तिपछि मात्रै मैले जानकारी पाएको थिएँ । त्यतिबेला अर्थमन्त्रीको जिम्मेवारीमा डा. देवेन्द्रराज पाण्डेजस्ता निष्ठावान व्यक्ति थिए । किशुनजी, डा. देवेन्द्रराज पाण्डे र मेरा गुरु नै भन्नुपर्‍यो- डा. ठाकुरनाथ पन्त ? दिवंगत, अर्थ मन्त्रालयका तत्कालिक जल्दोबल्दो सहसचिव) यी तीनबीच कुरा भएर म महाप्रबन्धक बनाइएको रहेछु, पछि थाहा भयो । त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा राप्रपासँगको मिलिजुली सरकार बन्यो । म राष्ट्रबैंकको गभर्नरको जिम्मेवारी निर्वाह गर्न उत्सुक थिएँ तर त्यतिखेरको गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठको अवधि बाँकी नै थियो । किशुनजी नै मलाई गभर्नर बनाउन अत्यन्त इच्छुक रहनुभएको अनुभूति गर्थें म । तर, पदावधि बाँकी रहेका श्रेष्ठलाई बीचैमा हटाउनु राम्रो होइन भन्ने किशुनजीले पनि महसुस गर्नुभयो र हामीले त्यो बाटो नै बिर्सिदियौँ । अनि शेरबहादुरजी प्रधानमन्त्री र रामशरण महतजी अर्थमन्त्री रहेको बेला मैले त्यति नचाहेको संस्था राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी अध्यक्ष बनाइएँ म । सकेसम्म चाँडो केही न केही जिम्मेवारी सम्हालेर देशको सेवा गरोस् भन्ने किशुनजी चाहनुहुन्थ्यो । उहाँको मप्रतिको यस्तो सद्भाव र स्नेह सम्झँदा अहिले उहाँप्रति झन् बढ्ता कृतज्ञता र श्रद्धाभाव जागेर आउँछ । त्यसक्रममा यस्तो परिस्थिति पैदा भयो कि किशुनजी जम्मा १० महिना मात्र प्रधानमन्त्रीको जिम्मेवारीमा रहन पाउनुभयो । त्यही बेलामा उहाँले मलाई राष्ट्रबैंकको गभर्नर बनाउनुभयो । शेरबहादुर देउवाजीको पनि त्यसताका मप्रति सदासयता रहन्थ्यो । म बनाइएँ र हटाइएँ पनि । सर्वोच्च अदालतमा मुद्दा हाल्नसमेत जानुपर्‍यो मैले । त्यो कुरा मैले किशुनजीलाई पनि सुनाएँ । अनि उहाँले ‘तपाईंले विश्वनाथजी ? तत्काीलन प्रधानन्यायाधीश) लाई पनि भेट्नुभयो कि ? ‘ भनेर सोध्नुभयो । मैले ‘छैन किशुनजी’ भने, उहाँ केही पनि बोल्नुभएन ।
म महिनाको एकपटकजस्तो नियमित रूपले किशुनजीकहाँ पुग्थेँ । उहाँको भानिजको घर कुपण्डोलको छिँडीमा पनि म जान्थेँ । त्यसपछि शरतसिंहजीले उहाँलाई बास दिनुभएको थियो । त्योभन्दा अगाडि एकजना प्रर्साईंजीको निवासमा उहाँ बस्नुभयो, त्यहाँ पनि म पुग्थेँ । कहीँ पनि कहिल्यै रोकटोक भएन मलाई । शरतसिंहजीको भैंसेपाटीस्थित घरमा जाँदा सहयोगी अमिताजीले पनि ‘जानुस्-जानुस् दाइ माथि नै’ भनी भन्नुहुन्थ्यो । मलाई देखेपछि किशुनजी खुसी हुनुहुन्थ्यो । प्रायःजसो म पुग्दा किशुनजी केही लेखिरहेको अवस्थामा भेटिनुहुन्थ्यो । ८-१० मिनेटपछि अमिताजी आएर ‘के खाजा खाने दाइ’ भनी सोध्नुहुन्थ्यो । हामी सँगै बसेर खाजा खान्थ्यौँ । यदाकदा किशुनजी सोध्नुहुन्थ्यो, ‘केमा आउनुभएको तपाईं ?’ म आफ्नै मोटरमा आएको जानकारी दिन्थेँ । अनि उहाँ ‘ए, त्यसो भए गफ गर्दै न्युरोडसम्म जाऔँ न त’ भन्नुहुन्थ्यो । न्युरोडसम्म पुगेर उहाँले पान र पत्रिका लिनुभएपछि पुनः भैंसेपाटीमा छोडेर म घर फर्कन्थेँ । यस्तो थियो मप्रति उहाँको स्नेह ।
किशुनजी बाँडेगाउँ र्सर्नुभएपछि चाहिँ भेटघाट अलिक पातलियो, दुई-अर्ढाई महिनामा मात्र पुग्न थालेँ म । तै पनि मलाई त्यहाँ त्यही सदासयता, त्यही प्रेम प्राप्त भयो, रत्तिभर कमी भएन । किशुनजीको निष्ठा, इमानदारिता, स्वच्छ छविबाट उहाँप्रति आकरि्षत भएको हुँ म । उहाँलाई धन-दौलत केहीको पनि माया भएन । पैसा या अनावश्यक शक्तिको राजनीति कहिल्यै गर्न खोज्नुभएन उहाँले । यस्तै गुणले आकरि्षत गर्‍यो । उहाँ राम्रो खाना, राम्रो कपडाका बारेमा पनि कुरा गर्नुहुन्थ्यो, यस्ता विषयमा पनि उहाँ पारखी हुनुहुन्थ्यो भन्छु म । नेपालगञ्जको रावडी ३-४ पटक खाइसकेपछि उहाँले एकपटक मलाई भन्नुभयो कि प्लास्टिकको भाँडोमा रावडी लामो समयसम्म राख्नुहुन्न, स्वाद बिगार्छ । लगाएका लुगाका बारेमा पनि उहाँ अनेक कमेन्ट गर्न सक्नुहुन्थ्यो । आफूसँग जे-जस्ता वस्त्रहरू हुन् तिनलाई एकदम सफासुग्घर ढङ्गले लगाउनुहुन्थ्यो उहाँ । देवी-देवतामा एकदम आस्था राख्ने व्यक्तिका रूपमा पाएँ उहाँलाई । यसले गर्दा पनि उहाँप्रति आस्था बढेको हो ममा ।
यो देशका राजनेताहरूमध्ये कसैलाई भेट्न चाहन्थेँ भने त्यो एक मात्र व्यक्ति किशुनजी नै हो । त्यति श्रद्धा लाग्ने उहाँप्रति मलाई । म अन्य कसैको घरमा पनि जान्नँ त्यसरी भेट्न । दसैंको टीका लगाउने पनि मैले उहाँसित मात्र हो, अरू प्रधानमन्त्री, मन्त्रीहरूकहाँ पुग्दिनँ म । एकपटक राजा ज्ञानेन्द्रको हातको टीकाचाहिँ लगाएको हुँ । किशुनजीबाहेक अरू त्यस्ता आस्थावान राजनेता कोही भेटिएनन् जसका सामु आदरले शिर झुकाउन पाइयोस् । मेरा बुबा-आमा अशक्त भएदेखि स्वर्गवास भएयता पनि लगातार मैले टीका लगाएको किशुनजीको हातबाट मात्र हो, हरेक साल । विदेश भएँ भने पनि फरि्कएर आएर त्रयोदशी-चतुर्दशीका दिनसम्म पनि पुग्थेँ म । त्यति श्रद्धा गर्छु, किशुनजीलाई ।
उहाँमा कुनै कुराप्रति पनि मोह-माया थिएन । यहाँनेर म यो प्रसङ्ग उल्लेख गर्न चाहन्छु कि किशुनजीलाई प्रधानमन्त्री बनाउने नाममा काङ्ग्रेस चुनावमा होमियो र चुनाव पनि जित्यो । तर, प्रधानमन्त्री भएको २-३ महिनामै उहाँलाई फाल्ने कुरा पार्टीभित्रैबाट गर्न थालियो र १० महिनामा त फालियो नै । त्यसरी उहाँलाई हटाउन षड्यन्त्र उत्कर्षमा भएको पत्तो पाएर एकपटक म उहाँको सरकारी निवास बालुवाटार पुगेँ । मलाई सरासर माथि नै बोलाइयो । मैले ठानिरहेको थिएँ त्यहाँ कोठैपिच्छे एमपीहरू, अन्य अनुयायी र सहयोगीहरू जम्मा भएर छलफल गरिरहेका होलान्, रणनीतिहरू बनिरहेको होला । तर, अचम्म † त्यहाँ त कोही थिएनन्, एकदम शान्त वातावरण थियो । मैले आर्श्चर्यभावका साथ ‘यस्तो बेलामा पनि के हो किशुनजी †-‘ भनी जिज्ञासा राख्दा उहाँले हावामा २-३ पटक हात हल्लाएर आफूलाई त्यस्ता कुरामा कुनै मतलब नभएको आसय प्रकट गर्नुभयो र अमितालाई बोलाएर बारा, अचारजस्ता मीठा-मीठा परिकारको खाजा मेरो निम्ति तयार गर्न लगाएर खुवाउनुभयो । त्यसको केही दिनपछि त संसद्मा एउटा सुन्दर भाषण गरेर उहाँले प्रधानमन्त्रीको जिम्मेवारीबाट बिदाइ पनि लिनुभयो । उहाँ यस्तो निष्प्रिय र त्यागी व्यक्ति हुनुहुन्थ्यो । यस्तै गुणले गर्दा म उहाँप्रति नतमस्तक भएँ ।
किशुनजीका लागि व्यक्तिगत रूपमा मैले केही पनि गर्न सकिनँ । एकचोटि हो क्यारे मैले मेरो घरमा उहाँलाई बोलाएर स्वागत गर्न पाएको छु । अमिता कपालीसहित किशुनजी आउनुभयो । हामीले खुवाएको खाना अत्यन्तै सुरुचिपूर्वक खाइदिनुभयो, मन पराइदिनुभयो । मेरी जीवनसङ्गिनी रूपा र मलाई सँगै देख्दा उहाँ ‘तपार्इंहरू दुईजनामध्ये कोचाहिँ राम्रो ‘ भनी तारिफ गर्ने गर्नुहुन्थ्यो । त्यसदिन पनि त्यही ठट्यौलो सवाल गर्नुभयो । पछि मेरा छोराहरूको ब्रतबन्धको अवसरमा पनि ‘तपाईं दुईमध्ये कसलाई चाहिँ सुन्दर भन्ने ? भन्ने सवाल गर्न चुक्नुभएन उहाँ । यसरी मलाई साहै्र नजिक ठान्ने र माया गर्ने गर्नुहुन्थ्यो किशुनजी । यस्तो व्यक्तित्वका लागि मैलेचाहिँ केही गर्न सकिनँ । अहिले पनि यस्तो लाग्छ कि उहाँले भन्नुभएको भए म मेरा पितापुर्खाले दिएको सम्पत्ति बेचेरै भए पनि उहाँले चाहेको कुरा टक्र्याउने थिएँ होला, तर उहाँले कहिल्यै केही पनि आश गर्नुभएन ।
एउटा सानो काममा मैले मेरो जेठो छोरो विनयलाई केही महिनाअघि बाँडेगाउँ पठाएको थिएँ । अह्राएको काम गरेर ऊ फरि्कयो, सिद्धियो । त्यसपछि भेटमा अमिताजीले ‘दाइ, तपाईंको छोरा त कस्तो भलाद्मी रहेछ, आजकालका केटाहरूमा यस्तो विनयशीलता पाउनै मुस्किल छ’ भन्नुभयो । मचाहिँ छोराहरूले भनेजस्तो व्यवहार गर्न जानेनन् भनेर गाली गरिरहन्छु तर अमिताजीले त्यस्तो प्रतिक्रिया दिँदा बेकार गाली गर्दोरहेछु छोरालाई जस्तो लाग्यो ।
कान्छो छोरा विवेक अमेरिकामा बसेर पढिरहेको छ, उसका बारेका किशुनजीले पटक-पटक मसँग भन्नुहुन्थ्यो कि कतै त्यसले अमेरिकामै बिहे गरेर बस्ला नि † विचार गर्नु है ? म जवाफ दिन्थेँ, ‘त्यसो गर्दैन होला किशुनजी †’ अब करिब-करिब ऊ मे-जुनतिर फकिर्ंदै छ र किशुनजीले चाहनुभए जस्तै नेपालकै केटीसँग उसको विवाह हुँदैछ । यसरी त्यति महान् व्यक्तित्व भएर पनि घरपरिवारका सदस्यहरूका बारेमा समेत चासो र चिन्ता प्रकट गरिदिने किशुनजीका लागि केही गर्न नपाउँदा मलाई दुःख पनि लाग्छ ।
किशुनजीको ८७औँ जन्मोत्सव कार्यक्रममा सहभागी हुने अवसर गुमेकोमा मलाई प्रायश्चित लागिरहेको छ । त्यसबेला म मेरा पार्टी अध्यक्षसँग पार्टीको काममा कैलाली-कञ्चनपुर भ्रमणमा रहेकोले उपस्थित हुन सकिनँ, तथापि मैले एक प्रतिनिधि पठाएको थिएँ आफ्नोतर्फबाट उहाँलाई जन्मदिनको शुभकामना प्रदान गर्न । यस्तै अर्को एउटा प्रसङ्गले पनि मलाई यतिबेला थकथक लागिरहेछ । त्यो के भने पाइटल बाबाकाबारेमा धेरै सुनेकोले किशुनजीको आश्रममा आउँदा भेट गर्ने मनसुवा पालेको थिएँ । ३-४ महिनाअगाडि पाइलटबाबा आउनुहुँदा अमिताजीले सो इन्र्फम गराउँदै भेट्न आउन आमन्त्रण गर्नुभएको थियो । तर, दुर्भाग्य त्यसबेला म १०२ डिग्री ज्वरोबाट थलिएको थिएँ । त्यसले गर्दा किशुनजीको आश्रममा पाइलटबाबालाई भेट्ने मौका सदाका लागि गुम्न पुग्यो ।
यतिखेर राजनीतिक रूपले मेरा नेता विजयकुमार गच्छदार हुनुहुन्छ । राजनीतिक रूपले गच्छदारजीले मलाई सक्रिय गराउनुभयो । किशुनजी काङ्ग्रेसबाटै उपेक्षित बनेर एउटा कुनामा थन्कनु नपरेको भए उहाँले नै मलाई राजनीतिमा अघि बढाउनुहुन्थ्यो भन्ने लाग्छ । उहाँजस्तो त्यागी नेताले बाहेक मलाई आउनुहोस्, काम गर्नुहोस् भनेर भन्ने अरू कोही न थियो न भोलि नै कोही होलान् जस्तो अनुभूति हुन्छ । हृदयदेखि माया गर्ने नेता त किशुनजी मात्र हो मलाई, मुखले राम्रो गर्ने त धेरै छन् ।
उहाँको हालै प्रकाशित पुस्तक ५ वर्षअघिदेखि नै उहाँले हातले लेख्ने गर्नुभएको मैले देख्दै आएको हुँ । एकदिन लेख्दै गरेको एउटा अंश किशुनजीले मलाई सुनाउनुभयो । त्यसमा उहाँका बुबाले अफिम खाने गर्नुभएको प्रसङ्ग छ । मैले सोधेँ, ‘यसरी बसी-बसी घ्यू र अफिम खान पैसाचाहिँ कहाँबाट आउँन्थ्यो नि किशुनजी ? ‘ उहाँले जवाफमा बाबुबाजेको पुरोहित पेसा रहेकोदेखि कुन-कुन राजाको पछि लागेको आदि कुरा खुलस्त गर्नुभयो । किताब हेरेपछि पनि थाहा भयो बीचबीचमा त चाँदीको व्यापार आदिबाट राम्रो कमाउने काम पनि पितापुर्खाहरूले गरेका रहेछन् ।
कुनैबेला भट्टराईले आफ्नो स्मरणशक्ति गुमाइसक्नुभयो भनेर काङ्ग्रेसभित्र र बाहिरसमेत हल्ला चलाइयो, तर त्यसबेला पुराना कुरा सम्झी-सम्झी किशुनजीले लेखनी अघि बढाइरहनुभएको थियो । मैले यस्तो हल्ला गर्छन् बाहिर तर तपाईं ७०-७५ वर्षअघिका कुरा सम्झँदै लेखिरहनुभएको छ नि भनी प्रश्न गर्दा उहाँ मज्जासँग हाँस्नुभयो र ‘ए † त्यसो भन्छन् ? ‘ भन्ने प्रतिक्रिया दिनुभयो ।
यसरी मसँग अत्यन्त खुलेर आफूलाई प्रस्तुत गर्ने, म र मेरा परिवारप्रति नै असीम स्नेह दर्शाउने किशुनजी अस्पतालको बेडमा अचेत अवस्थामा रहनुहुँदा पटकपटक त म उहाँको नजिक पुग्न नपाएर फर्कनु पनि पर्‍यो । तर, म यतिबेला आफूलाई भाग्यशाली नै ठानिरहेको छु कि उहाँ स्वर्गे भएको रात नजिकै गएर उहाँको दर्शन गर्ने मौका मैले पाएँ । बाहिर अरू नै हल्ला चलिरहेको भए पनि आईसीयू कक्षमा म उहाँसामु उभिएको समय उहाँ सास फेरिरहनुभएको थियो । उहाँ जीवन र मरणको अन्तिम दोसाँधमा सङ्घर्ष गर्दै हुनुहुन्छ भन्ने अनुभूति मैले गरेँ । उभिएरै मैले उहाँको दर्शनमा दुई हात जोडेर नमस्कार गरेँ र मनमनै बिदा मागेर आएँ । त्यसै रात उहाँ स्वर्गे हुनुभयो । भोलिपल्ट आफ्नै बारीको जाईका फूहरू लिएर म बाँडेगाउँ पुगी श्रद्धाञ्जली अर्पण गरेँ, ढोगेर आएँ । एउटा टेलिभिजनले त्यहाँ प्रतिक्रिया लिँदा अनायास नै मेरो मुखबाट यस्ता शब्दहरू निस्किए- ‘किशुनजीले यो देश हाँक्न पाउनुभएन, उहाँलाई हाँक्न दिन चाहेनन् मानिसहरूले । चार-पाँच वर्ष मात्रै उहाँले देश चलाउन पाउनुभएको भए अहिलेको कहालीलाग्दो दर्रि्रता र कहालीलाग्दो भ्रष्टाचारचाहिँ देशमा रहँदैनथ्यो ।’
यतिबेला किशुनजीप्रति श्रद्धाञ्जली प्रकट गर्ने लहर मिडियामार्फत पनि निकै आएको छ । उहाँप्रति सच्चा श्रद्धाञ्जली दिने हो भने ओेठेभक्ति देखाएर मात्र हुँदैन । ओठेभक्ति त कस्ता-कस्ता बेइमान, फटाहा, डाँका, हत्याराहरू मर्दा पनि ‘हरे † त्यसलाई पुलिसले गोली हानेर क्षतविक्षत पारेर मारेछ, कठै †’ भन्नेहरू निस्कन्छन् । किशुनजी जस्तो व्यक्तिलाई सच्चा श्रद्धाञ्जली त त्यतिखेर ठानिनेछ जब उहाँकै जस्तो जीवनयापन गर्ने प्रयत्न हुनुपर्‍यो, खासगरी मुलुकको नेतृत्व गर्छर्ुुन्नेहरूबाट । पैसा, सम्पत्ति र शक्तिको लोभ नभएको, निष्प्रिय, साधा एउटा योगीको जीवन उहाँले यापन गर्नुभयो । अहिलेका राजनेताहरूले उहाँले कोरिदिनुभएको बारेमा हिँड्ने दृढता मात्र व्यक्त गरिदिए भने पनि उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
(कुराकानीमा आधारित)