पाँच वर्षभित्र सबै नेपालीको बैंक खाता अनिवार्य

पाँच वर्षभित्र सबै नेपालीको बैंक खाता अनिवार्य


सरकारको नीति तथा कार्यक्रममा आगामी ५ बर्षभित्र सबै नेपालीको बैंक खाता अनिवार्य खोलिने विषयलाई समावेश गरिएको छ । यो कार्य चूनौतिपूर्ण भएपनि सरकारले जवरजस्त रुपमा नीति तथा कार्यक्रममा समावेश गरेको हो ।

सबै नेपालीको बैंक खाता खोलेपछि सबै कारोबार बैंकबाट गर्ने सरकारको योजना रहेको छ । सबै नेपालीमा वित्तीय पहुँच बढाउदै पाँच वर्ष भित्रमा सबै नेपालीको बैंक खाता खोल्ने योजना सरकारले अघि सारेको हो ।

सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारलाई गतिशिल बनाउने योजना नीति तथा कार्यक्रममा समावेश गरेको छ । छरिएर रहेका पूँजीलाई एकिकृत गर्दै परिचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । वित्तीय सुशासनलाई कडाइ गर्दै आन्तरिक स्रोत परिचालन गर्ने भनिएको छ ।

यसैगरी सरकारले सम्पत्ती शुद्धिकरण तथा आतंकबादी क्रियाकलापबिरुद्ध पनि कठोर नीति अवलम्बन गर्ने भएको छ । निष्कृय रुपमा रहेको कर्जालाई पूँजीको रुपमा परिचालन गर्ने सरकारको योजना रहेको छ । सरकारले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति जस्ता नियामक निकायलाई बलियो बनाउने तथा क्षमता बढाउने भएको छ ।

यसैबीच सरकारले जारी गरेको आगामी बर्षको नीति तथा कार्यक्रममा शेयर बजारलाई भने एक लाइनमात्रै सम्बोधन गरेको छ । ‘पूँजी बजार गतिशिल बनाउने’ भन्दै सरकारले आन्तरिक स्रोत परिचालनमा बृद्धि गरीने जनाएको छ । वित्तिय क्षेत्रको लगानीको प्रमुख हिस्सा पूँजी निर्माण र उत्पादन बृद्धिमा प्रवाहित गरिनेछ भने पूँजी बजारको विस्तार गरी आन्तरिक लगानी परिचालनलाई गतिशील बनाइने भएको हो ।