कालो हिरासहित आठ जना पक्राउ

कालो हिरासहित आठ जना पक्राउ


कालो हिरासहित बुधबार प्रहरीले लैनचौरबाट आठ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले हिराको कारोबार हुँदै गर्दा रमेश रजकसहित आठ जनालाई आज दिउँसो पक्राउ गरेको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा गएको टोलीले गोप्य सूचनाका आधारमा दुईवटा कालो हिरा रु तीन करोडमा बिक्री गर्न बागेृनिङ गर्दै गर्दा पक्राउ गरेको हो ।

पक्राउ परेका अन्य व्यक्तिको नाम भने खुलाइएको छैन । उनीहरुलाई आवश्यक कारबाहीका लागि हिरासहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको वृत्तले जनाएको छ ।