तेस्रो नजर

तेस्रो नजर


pathakmanchदलीय व्यवस्थामा दलविहीन सरकार
०६२÷६३ सालको आन्दोलनलाई मनन गरी आन्दोलनको मागबमोजिम तत्कालीन राजा ज्ञानेन्द्रबाट ०६२ साल वैशाख ११ गते विघटित प्रतिनिधिसभालाई पुनस्र्थापना गरिदिएपश्चात् बनेको संवैधानिक सरकारले सुरु गरेको असंवैधानिक कार्यले राजालाई निलम्बन गरी अन्तरिम संविधान जारी गरी विधायिका नामधारी संसद् र संविधानसभाको नामधारी संसद्को बहुमत भन्दै टेबुल ठटाएर अनधिकृत रूपले ०४० वर्षको इतिहास बोकेको राजसंस्थालाई हटाएको गणतन्त्र स्थापना भएको घोषणा ग-यो । संविधानमा नै व्यवस्था गरियो कि दुई वर्षभित्र अनिवार्य नयाँ संविधान बनाइसक्नुपर्ने । कथंकदाचित दुई वर्षमा बन्न नसक्ने परिस्थिति सिर्जना भएमा ६ महिना म्याद थप्न सकिने भन्ने किटानी व्यवस्था गरियो । दुई वर्षमा बन्न नसकेपछि अनधिकृत रूपले अरू डेढ वर्ष थपियो र पनि नयाँ संविधान बन्न नसकेपछि सर्वोच्चमा परेको रिटमा सुनुवाइ हुँदा यसभन्दा पहिले नै म्याद गुज्रिसकेकोले अब संविधानसभा जीवित छैन भन्नुपर्ने ठाउँमा त्यतिबेला सर्वोच्च अदालतले अब ६ महिना अन्तिमपटक म्याद थप्न नपाउने भनेर असंवैधानिक तवरले गुजे्रको म्याद थामिदियो । तर पनि सर्वोच्चले दिएको अन्तरिम म्यादमा पानि मुलुकलाई नयाँ संविधान दिन नसकेर गत जेठ १४ गते संविधानसभाको मृत्युसँगै अन्तरिम संविधान २०६३ पनि स्वर्ग गयो ।
तर दलीय नेताहरू मरेको अन्तरिम संविधान २०६३ लाई मरेको भन्न तयार भएनन् । तब तत्कालीन बहाल रहेको डा. बाबुराम भट्टराईको सरकारलाई हटाएर सरकार बनाउँला र मुलुकमा मण्डली मारौँला भन्नेहरूको दौडधुप सुरु भयो । दौडधुपले केही लागेन, प्रचण्ड स्वयम् लाग्दा पनि डा. बाबुराम भट्टराईको सरकारलाई हटाउन सकेनन् । त्यतिबेला मानिसहरू भन्ने गथ्र्थे कि सत्ता कब्जा गर्ने आफ्नो रणनीति पूरा भएको अवस्थामा डा. बाबुराम भट्टराईले केही गरे पनि सरकार छाड्ने छैन अनि हटाउने ताकत पनि इन्द्रको बाबु चन्द्रसित पनि छैन । त्यसो भन्दै गर्दा र दौडिँदै गर्दा बाबुराम थिलथिला भएर गले । सायद प्रचण्डले हिंग हालेको हुनुपर्छ नत्र भने बाबुरामलाई हटाउने अस्त्र यो घाम लागेको नेपालमा निर्माण भएको थिएन ।
त्यसरी गलित भएका बाबुरामलाई हटाएर खिलराज रेग्मीलाई फेरि पनि असंवैधानिक सरकारको नेतृत्व दिलाउन दलहरूले मरिसकेको अन्तरिम संविधानको २ दर्जनभन्दा बढी अङ्ग फेरबदल गरे । ती अजान भनौँ अथवा मूर्ख भनौँदाहरूले मरेको अङ्गमा शरीरको तन्तु फेरेर ठीक पा-यौँ भन्नेहरूको अवैधानिक कुरा पत्याएर जुन विषयमा ख्यातिप्राप्त व्यक्ति जसले हरेक तन्तु मरेको छ या जीवित छ भनेर व्याख्या गर्ने क्षमतावान् व्यक्ति सर्वोच्च अदालतका प्रधानन्यायाधीश न्यायमूर्ति खिलराज रेग्मीले जीवित छ भनेर मरेको संविधानमा दलहरूले जोडजाड गरेर अङ्गलाई चलायनमान गराउने जिम्मा लिनु विडम्बना नभएर अरू के हुनसक्ला र ?
चिलाउनेको रूखमा स्याउ कसरी फल्ला ? अनि मरेको संविधान खिलराजले चलाउँदैमा कसरी चल्ला ? तर, त्यसरी मूर्खहरूको हातबाट लासलाई जिम्मा लिएर छिट्टै आर्यघाटमा लगेर मृतरूपी अन्तरिम संविधानको दाहसंस्कार गरेर मुलुकमा फैलनसक्ने महामारीको खतरालाई टार्दै छिटोभन्दा छिटो गत जेठ १४ गतेदेखि पुनस्र्थापना भएर बसेकोे २०४७ सालको संविधानलाई क्रियाशील गरी चलायमान गर्नुभयो भने खिलराज रेग्मीको इज्जत रहन्छ, मुलुकको अस्तित्व रहन्छ ।
चार दलले हामीले यो मुलुक चलाउन सकेनौँ, अन्तरिम संविधान जोगाउन सकेनौँ, मुलुकलाई नयाँ संविधान दिन पनि सकेनौँ, अब तपाईंले जिम्मा लिइदिनुप-यो भनेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीसँग बिन्तिभाउ गर्दा न्यायमूर्तिबाट अवैधानिक बाटोबाट घुसे्रर बहुदलीय व्यवस्थाको निर्दलीय सरकारको नेतृत्व गर्न जानुभएका अनि न्यायापालिकाका प्रमुख र कार्यपालिकाको प्रमुख दुवै पद आफैँले पक्रेर राख्नुभएका खिलराज रेग्मीज्यूले तत्काल पार्टीमाथि प्रतिबन्ध लगाउनु अनुचित कसरी होला र ? भन्नुपर्दा यतिबेला नेपालमा कुनै दल र पार्टीहरू छैनन् केवल यतिबेलाका पार्टीहरू खिलराज रेग्मी कार्यपालिकाको प्रमुख भएका दिनदेखि पञ्चायतकालका वर्गीय सङ्गठनजस्ता भएका छन् भन्नलाई कुनै आपत्ति छैन । यतिबेलाको घटनाक्रमले दलीय व्यवस्था असफलसिद्ध, गणतन्त्र अफापसिद्ध र ३० वर्ष नेपाल हाँकेको निर्दलीय पञ्चायती व्यवस्था सहजै सफलसिद्ध भनेर प्रमाणित गरिसकेको छ । सत्यतथ्यलाई लुकाए कसको के लाग्छ र ?
–लालकृष्ण धमला

‘प्रचण्डको भुलभुलैयाबाट जोगिएला काङ्गे्रस’ शीर्षकमा केही समयअघि प्रकाशित देवप्रकाश त्रिपाठीद्वारा लेखिएको लेखमा विद्युतीय माध्यमबाट प्राप्त प्रतिक्रिया यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।
राजनीतीकरणको पराकाष्ठा
सम्पादकज्यू,
सुजाता प्रवृत्तिको विरुद्ध देवप्रकाश त्रिपाठी र गगन थापाहरूले काङ्गे्रसभित्र विधिवत सङ्घर्ष गरेर अरूलाई सन्देश छर्नुपर्ने होइन र ? खबर कागजमा मनको भडाँस पोखेर विरोध गरिटोपलेर मात्र के गर्नु ? यो त नारी आन्दोलनमा लागेकी महिलाले बाहिर जतिसुकै चर्को कुरा गरे पनि घरमा आएर लोग्नेको खुट्टा ढोगेकोजस्तो हो कि, सुजाताको विरोध पनि ? बिरालाको घाँटीमा घन्टी झुन्ड्याउने कोही भएन ।
– ससाङ्ग लामा

अत्यन्त गहन विचारको लेख लेख्नुभएकोमा धन्यवाद । यो लेखले नेपाली राजनीतिकर्मीहरूको साँचो प्रवृत्तिको उजागर गरेको छ ।
– दिवाकर पन्त
यो लेखको आधारमा देवप्रकाश त्रिपाठीको विचारले नेपालमा कहिल्यै पनि शान्ति आउँदैन । यी मान्छे जस्तैको भडकाउ विचार बोक्ने मान्छे इमानदार नेपाली जनतालाई सधैँ जालझेलमा झल्काइरहने भाइरस हुन् । यस्तै मान्छेलाई माओवादी जनसेनाले उबा-यो । अब उठ्ने विद्रोहले मात्र नेपालको शान्ति भड्काउने तेस्रो बुर्जुवाहरूलाई सिध्याउँछ । माओवादी शक्तिलाई कमजोर ठान्ने, काङ्गे्रस–एमालेलाई भड्काउने तेस्रो बुज्रुवाहरूको कारण देशमा अहिलेसम्म शान्तिप्रक्रिया अगाडि बढ्न सकेन । बढाउन दिएनन ।
–विक्रम राई