सिर्जनाको विशेष साधारणसभा सम्पन्न

सिर्जनाको विशेष साधारणसभा सम्पन्न


विराटनगर । सिर्जना फाईनान्स लिमिटेडले विशेष वार्षिक साधारणसभा विराटनगरस्थित मोरङ व्यापार संघको सभाकक्षमा सम्पन्न गरेको छ । सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयस प्याकुरेलको अध्यक्षतामा शुरु भएको सो सभामा प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईंले विशेष वार्षिक साधारणसभाको औचित्य बारे स्पष्ट पारेका थिए ।

हाल कायम रहेको चुक्ता पूँजीबाट नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम थप दुई जिल्ला कार्यक्षेत्र विस्तार गर्न मिल्ने भएकाले प्रदेश नम्बर १ को झापा जिल्ला र प्रदेश नम्बर २ को सिरहा जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने निर्णय भएको छ ।

यो निर्णयसँगै नेपाल राष्ट्र बैकको स्वीकृतिपछि सिर्जना फाइनान्स लिमिटेडको कार्यक्षेत्र झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहा कार्यक्षेत्र हुनेछ । अर्काे प्रस्तावको रुपमा सिर्जना फाइनान्सले बिमा कम्पनीको अभिकर्ता भई कार्य गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यसका साथै विशेष साधारणसभाले चुक्ता पूँजीको ६० प्रतिशत (१० शेयर बराबर ६ शेयर) हकप्रद शेयर निष्काशन गर्ने निर्णय समेत गरेको छ । हकप्रद शेयर र चालु वर्षको मुनाफाबाट चुक्ता पूँजी अस्सी करोड पुरा गरी राष्ट्रिय स्तरको बित्तीय संस्था हुने लक्ष्य सिर्जना फाइनान्सले लिएको छ ।

चालु वर्षमा सिर्जनाले सप्तरीको बोदेबर्साईनमा आफ्नो शाखा कार्यालय र थप तीनसमेत गरी नौ वटा एटिएम सञ्चालनमा ल्याउने भएको नायव प्रमुख कार्यकारी अधिकृत प्रभाकर देवकोटाले बताए ।