चीनमा जारी आन्दोलन- श्रीमननारायण

चीनमा जारी आन्दोलन- श्रीमननारायण


निर्वासनमा रहनुभएका तिब्बतका धार्मिक नेता १४औँ दलाई लामाले आफू राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । उहाँको घोषणाले तिब्बत र चीनको राजनीतिमा पनि गम्भीर असर पार्ने निश्चित छ ।
दलाई लामाको घोषणा सार्वजनिक भएलगत्तै चीनका प्रधानमन्त्री बेन जियाबाओले चीनमा राजनीतिक सुधार आवश्यक रहेको बताउँदै राजनीतिक पुनर्संरचनाबिना आथिर्क पुनर्संरचना सफल हुँदैन र त्यसो नभए आर्थिक पुनर्संचनाको उपलब्धि गुम्न सक्छ भने टिप्पणी गर्नुलाई अर्थपूर्ण मान्नुपर्छ । मध्यपूर्वी तथा उत्तर अफि्रकाका देश र चीनबीच कुनै तुलना हुन नसक्ने उनको टिप्पणीले चीनमा क्रमिक रूपमा परिवर्तन हुने सङ्केत गरेका छन् । अरब राष्ट्रहरूमा पहिलो तीन महिनामा ठूलो राजनीतिक परिवर्तन भएको छ तथा यो क्रम अझै जारी छ । इजिप्ट र ट्युनिसियामा दशकौँ पुरानो सत्ता ढालिएको छ । चीनमा पनि कम्युनिस्ट पार्टीले ६० वर्षभन्दा बढी समयदेखि शासन गर्दै आएको छ र समय-समयमा त्यहाँ परिवर्तनको माग पनि उठेका छन् ।
दलाई लामा तिब्बतका सर्वाधिक सम्मानित लोकप्रिय र अहिंसावादी नेता हुन् । चीनले तिब्बतमाथि कब्जा जमाएपछि त्यहाँ सांस्कृतिक क्रान्तिको नाममा भएको उत्पातका कारण ज्यान जोगाएर भारतमा शरणार्थी जीवन बिताइरहेका दलाई लामालाई आज पनि तिब्बतीहरूले आफ्नो आदर्श मानिरहेका छन् । तिब्बतका बहुसङ्ख्यक धर्मगुरुहरूले दलाई लामाकै नीतिको अनुशरण गर्दै आएका छन् । दलाई लामाको घोषणालाई चीनले पत्यार नलाग्ने खालको बताए पनि उनको घोषणा वास्तविक नै हो । हुनसक्छ कि दलाई लामा अब थकित भइसकेका छन् तर उनी राजनीतिबाट निष्त्रिmय भएपछि तिब्बतको अवस्था झन् आक्रामक हुने निश्चित छ ।
चीनको कम्युनिस्ट सरकार आफ्नो देशभित्र हुने कुनै पनि किसिमको धार्मिक, सांस्कृतिक र राजनीतिक आन्दोलनलाई पचाउन सक्दैन । तिब्बतका नयाँपुस्ता अब त्यहाँ प्रभावकारी र निर्णायक आन्दोलन गर्न चाहन्छन् जब कि दलाई लामा सक्रिय रहुन्जेलसम्म यो सम्भव थिएन, उनको निष्त्रिmयतापश्चात् आन्दोलन चर्किन सक्छ र यसको दिशा पनि आक्रामक हुन सक्छ । तिब्बतमा अहिलेसम्म भएका प्रत्येक शान्तिपूर्ण आन्दोलनलाई चीनको सरकारले बर्बरतापूर्वक दमन गर्दै आएको छ । कुनै पनि विग्रह र अशान्तिको स्वरलाई कठोरतापूर्वक दमन गरिदिने चिनियाँ नीतिका कारण अहिलेसम्म चीनमा भएका आन्दोलनलाई दमन गरिएको छ । तिब्बतका लामाहरूको आन्दोलनलाई पनि चीनले धेरैपटक कुल्चिदिएको छ । अब तिब्बतका युवाहरू आफ्नो धार्मिक, सांस्कृतिक एवम् राजनीतिक माग पूर्तिका लागि सशक्त एवम् प्रभावकारी आन्दोलन गर्न चाहन्छन् । अहिंसावादी दलाई लामाका कारण यो सम्भव हुन सकिरहेको थिएन ।
तिब्बत मात्रै होइन चीनको सिनजियाङ प्रान्तमा पनि आन्दोलन भएको थियो । चीनको सरकारले कठोरतापूर्वक त्यस आन्दोलनलाई कुल्चिदिएकोे थियो । त्यहाँका उइगर समुदायका नागरिकले पनि अधिकारका लागि सङ्घर्ष गरिरहेका छन् । अरब राष्ट्रहरूमा जारी लोकतन्त्र र्समर्थक आन्दोलनको आँधीबाट चीन पनि बाँकी रहने छैन, खासगरीकन तिब्बतको आन्दोलनले चीनलाई अप्ठ्यारोमा पार्ने निश्चित छ ।
चीनकै एकजना मानवअधिकारवादी र लोकतन्त्रवादी नेताले शान्तिका लागि नोबेल पुरस्कार पनि पाएका छन् । चीनको लोकतन्त्र र्समर्थक आन्दोलन र तिब्बतको स्वायत्तता आन्दोलनप्रति सम्पूर्ण विश्वकै र्समर्थन छ । चीनमा जारी आन्दोलनले ६ दशक लामो कम्युनिस्ट शासनलाई समाप्त गरिदिने निश्चित छ ।