मंगलबार वार्षिक बजेट

मंगलबार वार्षिक बजेट



सरकारले भोलि मंगलबार ल्याउने तयारी गरेको छ । संघीय संसदको यही जेठ १५ गते बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५–७६ को राजश्व र व्ययको अनुमान बजेट पेश हुने भएको हो ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदलाई उक्त विषयको जानकारी दिएका हुन् । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ः०० बजे संयुक्त सदनमा बजेट पेश गर्नेछन् ।

नेपालको संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ १५ गते पेश गर्नुपर्ने प्रावधान छ ।

सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली नारालाई मूर्तरुप दिने खालका योजना र कार्यक्रम बजेटमा आउने अनुमान गरिएको छ ।