वीरगञ्ज महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर

वीरगञ्ज महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाइ नागरिकताको प्रमाणपत्र दिलाएको अभियोगमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी कागजात सच्याउने, नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको अभियोगमा निजहरूविरुद्ध आयोगले सोमबार (२५ जेठ) मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार भट्टराई थर भएकी महिलाको छोरीलाई आफ्नी छोरी रुविना श्रेष्ठ बनाइ नागरिकताको प्रमाणपत्र दिलाएको आरोप नगरप्रमुख सिंहमाथि लागेको छ ।

आयोगले वीरगञ्ज-३ का तत्कालीन वडासचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ ।

गृह मन्त्रालयका तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१० की रिता भट्टराई विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।