वियर, वाइन र विदेशबाट आयात हुने मदिराको अन्तशुल्कमा वृद्धि

वियर, वाइन र विदेशबाट आयात हुने मदिराको अन्तशुल्कमा वृद्धि


सरकारले बजेटमार्फत वियर, वाइन र विदेशबाट आयात हुने मदिराको अन्तशुल्कमा वृद्धि गरेको छ ।

विदेशबाट आयात हुने मदिराको अन्तशुल्क, स्वदेशमा उत्पादन हुने वियर र वाइनमा सरकारले अन्तशुल्कमा वृद्धि गरेको हो । यस्तै, स्वदेशमा उत्पादन हुने साइडर र विदेशबाट आयात हुने साइडको अन्तशुल्क पनि वृद्धि गरिएको छ ।

सरकारले बजेट घोषणामार्फत जंकफुडको कर शतप्रतिशत वृद्धि, इनर्जी ड्रिङ्समा पनि कर, विदेशी वाइन र मदिराको भाउ अधिकमात्रामा बढाएको हो । जंकफूड र इनर्जी ड्रिंक्सको उपभोगलाई कम गराउनको लागि सरकारले करको दरमा व्यापक वृद्धि गरिएको छ । जहाँ इनर्जी ड्रिंक्समा पहिलो पटक प्रतिलिटर २५ रुपैयाँ अन्तशुल्क लगाइएको हो ।

सरकारले बजेटमार्फत लेज, चिजबल्स, कुरमुरे, कुरमुरे लगायतका वस्तुमा अन्तशुल्क प्रतिकिलो साढे सात रुपैयाँबाट बढाएर १५ रुपैयाँ पुर्याएको छ । बजेटबाट कोका मिसिएको चकलेटमा समेत अन्तशुल्क लगाउन सुरु गरिएको छ । विदेश र स्वदेशमा समेत उत्पादन हुन थालेको यो वस्तुको उपभोग पछिल्लो समयमा बढ्दै गएको छ ।