– जगन्नाथ कँडेल
तिम्रो दुर्वाच्यमा मैले कोमलता खोजिनँ
तिम्रो सुवाच्यमा मैले नरमता रोजिनँ
तिम्रो रिसमा मैले सहनशीलता खोजिनँ
तिम्रो भिखमा मैले मलिनता रोजिनँ
तिम्रो क्रूरतामा म अहिंसा देख्दिनँ
तिम्रो झुरतामा म मिमांसा देख्दिनँ
तिम्रो बलमिच्याइँमा म वीरता देख्दिनँ
तिम्रो हेलचेक्र्याइमा म शूरता भेट्दिनँ
तिम्रो अहम्मा मैले स्वअस्तित्व पाउन्न
तिम्रो गममा मैले मस्तिस्क झुकाउन्न
तिम्रो पुरुषमा प्रकृति शून्य छ
त्यसैले तिम्रो आगमन नगन्य छ
तिम्रो मानमा म अपमान मात्र देख्छु
तिम्रो सानमा म बेइमान मात्र देख्छु
तिम्रो हुन कार, ड कार र ख कार
तिम्रो झ न्कार, इन कार र बे कार
स्वार्थन्धताको फाँसीमा बसी
अर्थोन्धताको रसीमा कसी
राष्ट्रको नाममा राष्ट्रियतलाई बेची
धर्मको आडमा कर्मलाई बेची
तिमी हेपेर माया खोज्छौ
तिमी छिपेर दया रोज्छौ
तिमी लुटेर भक्त बनाउँछौ
तिमी धुतेर मक्ख बनाउँछौ
वीर र रक्त तिम्रो विरक्त जिन्दगी
हार र दिक्क तिम्रो हार्दिक जिन्दगी
अब त सचेत होऊ !
कतिसम्मको अचेत हो ?
– हाल अस्ट्रिया
प्रतिक्रिया