तपाईंको दृष्टिमा

तपाईंको दृष्टिमा


चार दशक अवधि नेपाली काङ्ग्रेस पार्टीको कार्यकर्ताका रूपमा गुजार्दा प्राप्त नभएको पहिचान र जिम्मेवारी नयाँ पार्टी गठन गरी सक्रियता देखाएको वर्षदिनभित्रै हासिल भयो चुरेभावर राष्ट्रिय पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीलाई । स्वपहिचानकै लागि नभई परिस्थितिजन्य आवश्यकताका कारण आफू नयाँ पार्टी गठन गर्न प्रेरित भएको बताउनुहुने र्सलाही हरिऔनका मैनाली यतिबेला चुरेभावरको समानुपातिक कोटाबाट संविधानसभा सदस्यसमेत हुनुहुन्छ । संविधानसभामा एकजना मात्र सभासद्को प्रतिनिधित्व रहेका दलहरू निकै छन्, तर एक्ला सदस्यहरूमाझ केशव मैनालीको उपस्थिति र प्रभाव विशेष देखिन्छ । विनोदप्रिय, मिलनसार र सरल स्वभाव, गम्भीर मुद्दामा जुझारुपन र अडान-प्रदर्शनजस्ता गुणका कारण संविधानसभामा मैनालीको उपस्थिति प्रभावकारी देखिएको हो । ँमधेस आन्दोलन’का नाममा पहाडी मूलका नागरिकमाथि थोपरिएको ज्यादतिविरुद्ध दृढतापूर्वक उभिएपछि आफूले राजनीतिक पुनर्जीवन पाएको अभिव्यक्ति दिनुहुने मैनाली जीवन र जगत्सँग सम्बन्धित सवालका जवाफमा यसरी प्रस्तुत हुनुभयो ।
ध जीवन के हो ?
– जिउन जाने फूल नजाने शूल ।
ध प्रेम के हो ?
– इश्वरको सबैभन्दा ठूलो उपहार, संसार बाँध्ने धागो ।
ध सुन्दरता के हो ?
– आनन्दको अमर स्रोत ।
ध मन के हो ?
– अस्थिरता र असन्तुष्टिको पुञ्ज ।
ध भावना के हो ?
– मन-मस्तिकले बनाएको आकृति ।
ध विवाह के हो ?
– स्वीकृत बन्धन र परिवार निर्माणको आरम्भ ।
ध बन्धन के हो ?
– स्वतन्त्रतामाथिको अङ्कुश ।
ध अपमान के हो ?
– कालकुट विष जो अरूलाई ख्वाइन्छ ।
ध इज्जत के हो ?
– ाफूलाई चिनेर मर्यादामा बस्नु ।
ध बेइज्जत के हो ?
– अपमान नै बेइज्जत हो ।
ध मिलन के हो ?
– आनन्दको मीठो अनुभूति ।
ध विछोड के हो ?
– हृदयलाई आहत बनाउने तत्त्व ।
ध जवानी के हो ?
– जीवनको वसन्त ।
ध बालपन के हो ?
– स्वर्गीय आनन्दपूर्ण अवस्था ।
ध तृष्णा के हो ?
– पाप कर्ममा धकेल्ने शत्रु ।
ध रिस के हो ?
– क्षणिक पागलपन ।
ध जोस के हो ?
– अन्तरमनको प्रस्फुटन ।
ध नसा के हो ?
– आफूलाई बिर्सन गरिने एउटा प्रयत्न, जसमा ग्लानिको वेग सहजै उठ्छ ।
धर् कर्तव्य के हो ?
– अन्तरहृदयको आज्ञा पालन गर्नु नै कर्तव्य हो ।
ध यौन के हो ?
– दाम्पत्य जीवनको सुन्दर मालाको धागो, स्वर्गीय आनन्दको ढोका ।
ध सन्तुष्टि के हो ?
– सबैभन्दा ठूलो सुख, यसले असन्तोष भगाउँछ ।
ध विश्वास के हो ?
– उद्देश्य प्राप्तिको खुड्किलो ।
ध असल के हो ?
– जसमा गुणको मात्रा बढी छ त्यो असल हो ।
ध खराब के हो ?
– आफू बिग्रेर अरूलाई बिगार्ने प्रदूषण ।
ध सबभन्दा ठूलो धोखा के हो ?
– आफैंलाई धोका दिनु सबैभन्दा ठूलो धोका हो ।
ध दुःख के हो ?
– धर्ैयताको परीक्षा र संसार चिन्ने अवसर ।
ध सुख के हो ?
– अन्तरहृदयको आनन्द ।
ध खुसी के हो ?
– मन प्रसन्न हुने कार्य सम्पादन हुनु, मनले चाहेजस्तो हुनु ।
ध आनन्द केमा छ ?
– जताततै छरिएको छ स्रोत मनमै छ ।
ध मित्र को हो ?
– जसले प्रतिकूल परिस्थिति र दुःखमा साथ दिन्छ ।
ध शत्रु को हो ?
– खराब र स्वार्थी विचार ।
ध सङ्घर्ष के हो ?
– सत्य र असत्यबीचको द्वन्द्व ।
ध प्राप्ति के हो ?
– इमानदारीपूर्वक गरेको मिहिनेतको फल ।
ध आस्था के हो ?
– जन्मजात गुण हो- सफलताको सूत्र हो ।
धर् धर्म के हो ?
– नैतिक धरातलमा उभ्याई मान्छेलाई मानवताको बाटोमा डोर्‍याउने साधन ।
ध नैतिकता के हो ?
– मानिसको अन्तरविवेक सञ्चालन गर्ने साँचो ।
ध चरित्र के हो ?
– मानिसको जीवनको बास्नादार फूल ।
ध ज्ञान के हो ?
– सत्य, असत्य, असल र खराब छुट्याउने माध्यम ।
ध बुद्धि के हो ?
– सबै परिस्थितिमा विचारहरूको समायोजन गर्ने क्षमता ।
ध सम्झौता के हो ?
– समझदारी साथ सहमति गरी साझा बिन्दुमा पुग्नु ।
ध सृष्टि के हो ?
र्-र् इश्वरको सबैभन्दा सुन्दर रचना ।
ध गुरु को हो ?
– अँध्यारोबाट उज्यालोतिर लैजाने पथ-प्रदर्शक ।
ध राजनीति के हो ?
– नागरिकलाई अधिकार र कर्तव्यप्रति सजग गराउँदै उनीहरूबाट शक्ति प्राप्त गरी शासन गर्ने कला ।
ध देश के हो ?
– मुटुसँग माटोको सम्बन्ध भएको प्राणभन्दा प्यारो भूमि ।
ध समाज के हो ?
– प्रत्येक व्यक्तिसँग मिलेर आफ्नो गुणलाई फस्टाउने मौका दिई स्वतन्त्रताको रक्षा गर्ने मानव फूलबारी ।
ध पद के हो ?
– खास कार्य गर्नका लागि उपयोग गर्न पाएको शक्ति ।
ध विकास के हो ?
– यथास्थितिबाट अगाडि बढ्नु ।
ध व्यापार के हो ?
– पुँजी बढाउन गरिने क्रियाकलाप र कला ।
ध अनुशासन के हो ?
– आफूले आफूलाई नियन्त्रण गर्दै खास नियममा बाँधिनु ।