बलियो सरकारको कमजोर बजेट : अर्थविद्

बलियो सरकारको कमजोर बजेट : अर्थविद्


ठुला दुई कम्युनिष्ट पार्टीहरुले जसरी चुनावमा जनतासँग समृद्धिको सपना बाँडेका थिए तर बजेटमा चुनावमा घोषणा गरेजस्तो समृद्धिको कुरालाई अटाउन नसकेको पुर्व अर्थमन्त्री तथा अर्थबिद्हरुले चित्त दुखाएका छन । बजेटमा राजनीतिक दर्शन र सिद्धान्तलाई समेत समावेश गर्न नसकेको भन्दै सत्ता पक्ष निकट अर्थबिद्हरुले गुनासो गरेका हुन् ।

बिहिवार इस्टिच्यूट फर स्ट्राटेजी एण्ड सोसियो इकोनोमिक रिसर्चद्धारा आयोजित कार्यक्रममा अर्थबिद्हरुले बजेट जनताको बिकास र समृद्धितर्फ लक्षित हुन नसकेको गुनासो गरेका छन् । सरकारले चुनावमा गरेको घोषणा, निति तथा कार्यक्रमहरु बजेटमा तालमेल हुन नसकेको गुनासो गदै पुर्व अर्थमन्त्री तथा अर्थबिद्हरुले बलियो सरकारले क्रान्तिकारी बजेट ल्याउन नसकेको जिकिर गरेका छन् ।

अर्थबिद्हरुले बजेटमा संघियताको ब्यवस्थापन गर्न कुनै प्राथामिकता नदिएको भन्दै बजेट पुरानै शैलीको भएको गुनासो गरेका छन् । बजेटमा सामाजिक सुरक्षा र बिपन्न जनताको लागि कार्यक्रम समावेश नभएको टिप्पणी गरेका छन् ।

दुई प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न सरकारले निकै ठुलो कसरत र आर्थिक अनुशासनलाई ब्यवहारमा कार्यान्वयन गर्न अर्थविद्हरुको जोड थियो । पुर्व अर्थमन्त्री डा. रामशरण महतले बजेट अस्पष्ट र अलमलमा परेको भन्दै आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न निकै कसरत गर्नुपर्नेमा जोड दिए ।

यस्तै, पुर्व अर्थमन्त्री शंकर कोइरालाले सरकारले पश्चिम सेती आफैं बनाउन सहज नहुने भन्दै अन्य बिद्युत परियोजनालाई समावेश गर्नुपर्ने बताए । पुर्व अर्थविद्हरुले सरकारसँग स्रोत र साधनको अभाव रहेको उल्लेख गर्दै करको दर बढाउँदा कर चोरी हुन सक्ने बताएका छन् ।