विवाहका लागि बाधक बन्न सक्दैन उमेर

विवाहका लागि बाधक बन्न सक्दैन उमेर


जुत्ता हेर्दा ठूलो हेर्नु बुहारी हेर्दा सानो भन्ने त उखान नै छ । रुढीवादी संस्कृतिले गाँजेको हाम्रो समाजमा केटाले आफूभन्दा सानो उमेरकी केटी खोजेर विवाह गर्ने चलन यथावत् छ । सानो उमेरकी केटीसँग विवाह गर्दा केटाको आयु बढ्ने धारणासमेत समाजमा अहिले पनि यदाकदा सुन्न सकिन्छ । आफ्नो उमेर बढाउनकै लागि राणाशासकहरू कुमारी केटीको खोजीमा गाउँ-गाउँमा लाठे पठाउँथे भन्ने पर्ुखाहरू बताउँछन् । हिन्दू धर्मशास्त्रले पनि केटाभन्दा केटीको उमेर कम हुनुपर्ने मान्यता बोकेको पण्डितजनको कथन पाइन्छ । यदि केटाको भन्दा केटीको उमेर बढी भएमा केटीको ग्रहको प्रभावले केटालाई नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको उनीहरूको तर्क छ । तसर्थ, हिन्दू सामाजिक मूल्य र मान्यतालाई आधार बनाएर अगाडि बढेका प्रायः सबैले यसको पालना गर्दै आएका छन् ।
तर २१औँ शताब्दीको कुरा गर्दा माथि उल्लेखित कुरामाथि प्रश्न तेरि्सएको छ । आधुनिक युगका युवायुवतीहरूले यसलाई गलत सावित गर्दै छन् । युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भन्दै समाजलाई चुनौती दिने मुडमा उनीहरू देखिन्छन् । प्रेम अन्धो हुन्छ, यसले उमेरको सीमालाई हेर्दैन । कानुन, समाज र परम्परा आफ्नो ठाउँमा हुने भए पनि प्रेमको अगाडि यी सबैले कुनै अर्थ नराख्ने उनीहरूको दाबी छ । वर्तमान अवस्थामा केटा र केटीले आफ्नो जिम्मेवारी आफैं लिन सक्छन् भन्ने सोचाइका साथ अगाडि बढेका युवापिँढीमा विवाहका लागि केटीभन्दा केटाकै उमेर बढी हुनुपर्छ भन्ने धारणाले खासै प्रभाव पारेको देखिँदैन । केटीहरूको सोचविचार र व्यवहार पनि समान खालको भएकोले उनीहरू यस्ता कुरालाई नजरअन्दाज गर्दै केटाहरूकै कदममा कदम मिलाउन चाहन्छन् । मानिस स्वतन्त्र भएकोले उसलाई स्वतन्त्र रूपले जिउन दिनुपर्छ भन्ने मान्यता बोकेका युवापिँढीका लागि यो नौलो कुरा होइन । सूचना प्रविधिमा भएको विकासले यस्तो कुराको विकास र विस्तारमा मद्दत पुर्‍याइरहेको छ । प्रेममा उमेरको नभई भावना र विश्वासको कदर हुन्छ । मन मिल्यो कुरा सकियो । आत्मविश्वासी नयाँ पिँढीले सामाजिक परम्पराको साङ्लोमा जकडिनुलाई त्यति महत्त्व दिएको पाइन्न । उनीहरू खुला आकाशमा स्वतन्त्र रूपमा रमाउन चाहन्छन् । जात, खानदान र धन-दौलतभन्दा पनि आफ्नो खुसी केमा छ, त्यो हासिल गर्न उद्यत् देखिन्छन् उनीहरू । हेर्नेले यसलाई जस्तो कोणबाट हेरे पनि आखिर खुसीका अगाडि सबै नतमस्तक हुने कुरालाई नकार्न कदापि सकिँदैन ।
यसरी परम्परालाई चुनौती दिँदै नयाँ मान्यता स्थापित गराउने मामलामा विश्वका चर्चित सेल्रि्रेटीहरू पनि अगाडि देखिएका छन् । उनीहरू आफ्नो प्रेम अमर पार्न उमेरका बार-बन्देजलाई बाइबाइ गर्दै अगाडि बढेका छन् । विश्वमा यस्ता चर्चित सेल्रि्रेटी थुप्रै भए पनि केहीलाई उदाहरणका रूपमा यहाँ प्रस्तुत गरिएको छ ।
पहिलो उदाहरण नेपालबाटै लिऔँ । चर्चित अभिनेत्री मनीषा कोइरालालेे आफूभन्दा सात वर्ष कम उमेरका सम्राट दाहालसँग विवाह गरेर परम्परालाई चुनौती दिएकी छिन् । त्यसो त सम्राटले पनि कम्ती रिस्क मोलेनन् एक चर्चित सार्वजनिक फिगर जो उमेरमा आफूभन्दा निकै वर्षले सिनियर छिन्, त्यस्तो व्यक्तित्वलाई जीवनसाथी बनाउने दृढ कदम अघि सारेर । त्यस्तै बलिउडका मेघा स्टार अभिताभ बच्चनका छोरा अभिषेक बच्चनले पनि आफूभन्दा तीन वर्ष बढी उमेकी ऐश्वर्या रायको हात थापेर गौरव अनुभूति गरे । झन्डै १० वर्षको उमेरअन्तरका सलमानलाई रिजेक्ट गर्दै आफूभन्दा कान्छा अभिषेकसँग विश्वप्रसिद्ध पर्सनालिटी ऐश्वर्या खुसहाल जिन्दगी गुजारिरहेकी छिन् ।
त्यस्तै क्रिकेट जगत्मा ‘भगवान्’को रूपमा कदर पाएका सचिन तेन्दुलकर पनि आफूभन्दा पाँच वर्ष जेठी डाक्टर अञ्जलीसँग विवाहबन्धनमा बाँधिएका थिए । उनीहरूको जोडी युवाहरूका लागि एक आदर्श जोडी बनेको छ भने नृत्य निर्देशकबाट निर्देशक बनेकी फराह खानले आफूभन्दा आठ वर्ष कान्छा शिरिष कुन्दनसँग विवाह गरेर एकैपटक तिम्ल्याहा सन्तान जन्माएको यथार्थ सम्भवतः कतिपयका लागि अनौठो समाचार हुन सक्छ । त्यस्तै बलिउड स्टार सैफ अलि खानले आफूभन्दा बाह्र वर्ष जेठी अमृता सिंहसँग विवाह गरेका थिए । हुन त सैफ-अमृताको जोडी वषौर्ंअघि नै टुटिसकेको छ, तथापि सुरुका केही वर्ष उनीहरूको प्रेम देख्नेहरू अहिले पनि ज्रि्रो टोकेर सम्झना गर्ने गर्छन् । अमृताका लागि कुनैबेला सैफले आफ्ना अत्यन्त स्नेही अभिभावकहरूलाई समेत चिढ्याउन पुगेका थिए ।
यस्तै, आफूभन्दा कम उमेरका पुरुषसँग विवाह गर्ने कुरा पश्चिमा महिलाका लागि अत्यन्त साधारण हुन् । चर्चित अभिनेत्री डेमी मुर, सुजैन सारन्डन र म्याडोनालगायतले आफूभन्दा निकै कम उमेका युवासँग वैवाहिक सम्बन्ध गाँसेर तहल्कै मच्चाएका हुन् ।
बढी उमेरकी युवतीसँग विवाह गर्दा त्यो सम्बन्ध दीर्घजीवी नहुने आमधारणा छ । अपवादका रूपमा केहीको दाम्पत्यजीवन सुखमय रहे पनि धेरैको जीवन सहज रूपमा अगाडि बढ्न नसकेको देखिएको छ । र पनि, बढी उमेरकी केटीप्रतिको आकर्षण आजका युवामा बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएका छन् । यसरी आकर्षण हुनुमा शारीरिक आकर्षणबाहेक अन्य विभिन्न कारणहरू छन्, जसमा मुख्य रूपमा आफूलाई सुरक्षित अनुभव गर्ने मनोविज्ञानले काम गरेको सम्बन्धित विज्ञहरूको धारणा छ । कैयन युवाले पैसालाई आधार बनाएर पनि यस्तो कदम उठाएका छन् भने केहीले चाहिँ प्रेमकै लागि सामाजिक परम्परालाई चुनौती दिएका उदाहरण पनि पाइन्छन् । जे होस्, विवाह एउटा दुई आत्माबीचको अत्यन्त गहन सम्बन्ध भएकाले परम्परा वा मान्यताहरू जे-जस्तो भए पनि यसलाई उमेरको बन्धनले छेक्न नसक्ने र छेक्न पनि नहुने धारणा नै आज बलशाली बनिरहेको छ ।-नवीन उप्रेती