जति मूल्य बढाए पनि निगम घाटामै !

जति मूल्य बढाए पनि निगम घाटामै !


पेट्रोलियम पदार्थको आपूर्ति गर्ने एकाधिकार पाएको नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर रु १.५९ तथा डिजेल र मट्टितेलमा रु ३.४९ का दरले आफू घाटामा रहेको जनाएको छ । मूल्य समायोजनका नाममा पटक पटक मूल्यवृद्धि गरे पनि निगमले आफू घाटामै रहेको जनाएको हो ।

शनिबार मात्रै निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य वृद्धि गरेको छ । पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँको दरले वृद्धि गरेको छ । पछिल्लो वृद्धिसँगै पेट्रोलको मूल्य ११३ र डिजेल र मट्टितेलको रु ९५ पुगेको छ । ग्यासको मूल्य चाहिँ यथावत् रहेको निगमले जनाएको छ ।

आन्तरिक रुपमा आर्थिक अपचलन र अनियमितता रहेको चर्चा निरन्तर चल्दै आए पनि निगमको क्रियाकलापमाथि राज्यले आवयक अनुगमन र कारवाही गर्न नसकेकोमा नागरिक असन्तुष्ट र आक्रोशित रहँदै आएका छन् ।