लाभकर बढाएपछि सेयर लगानीकर्ता विरोधमा

लाभकर बढाएपछि सेयर लगानीकर्ता विरोधमा


सेयर लगानीकर्ताहरू हकप्रद तथा बोनस सेयरमा पुँजीगत लाभकर लगाइएको भन्दै विरोधमा उत्रिएका छन् । आज मंगलबार उनीहरू विरोधमा उत्रिएपछि आजको सेयर कारोबार प्रभावित भएको छ ।

लगानीकर्ताको अवरोधपछि सेयर दलालले कारोबार नगर्दा नेपाल स्टक एक्सचेन्जमा कुनै कारोबार भएन । सरकारले सेयर कारोबारमा सोमबारदेखि पुँजीगत लाभकर लाग्ने व्यवस्था गरेपछि लगानीकर्ता विरोधमा उत्रिएका हुन् ।

यसको पुष्टि नेप्सेका पूवक्ता मुराहरि पराजुलीले गरेका छन् । उनले भने, ‘कारोबारमा केही समस्या हो ।’

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारले लगानीकर्तालाई समस्यामा पार्दै पुँजी बजारलाई सखाप पार्न खोजेको आरोप लगाए ।

५.५ प्रतिशत पँुजीगत लाभकर लाग्दै आएको सरकारले बोनस र हकप्रद सेयरमा ७.५ प्रतिशत पुँजीगत लाभकर लगाएको हो । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ ।


स्टक एक्सचेन्ज कार्यालयअगाडि विरोध जनाउँदै लगानीकर्ता । तस्बिर रासस