एकचालीस थान राहदानीसहित एक पक्राउ

एकचालीस थान राहदानीसहित एक पक्राउ


महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने नाममा अवैध रूपमा राहदानी सङ्कलन गरेको भन्दै एकजनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले कामनपा–२६ मित्रनगरमा रहेको होटेल स्वर्गद्वारीबाट ४१ राहदानीसहित होटेल सञ्चालक प्रेमबहादुर विकलाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रभागका प्रमुख मोहनविक्रम केसीले म्यानपावर व्यवसायीसँग मिलेर लाखौँ कमाउने गरी विदेश जान होटेलमा आएका व्यक्तिसँग राहदानी सङ्कलन गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।

प्रभागले गोंगबु नयाँ बसपार्क क्षेत्रका अरू होटेल तथा रेस्टुरेन्टमा पनि तत्काल अनुसन्धान गरिने बताएको छ । विकलाई थप अनुसन्धानका लागि राहदानीसहित वैदेशिक रोजगार विभाग पठाएको केसीले बताए ।

रासस