बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या


भोजपुर चरनदी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बन्चरो प्रहारबाट सख्त घाइते सलेनाको उपचारका क्रममा न्युरो अस्पताल बाँसबारीमा मृत्यु भएको बताए । श्रीमतीलाई बन्चरो प्रहार गरी फरार उमेशको खोजीकार्य जारी रहेको र घटनाको अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । माझीका ११ वर्षीया छोरी र सात वर्षीय छोरा छन् ।

रासस