कोरियाली भाषा परीक्षा शनिबार र आइतबार

कोरियाली भाषा परीक्षा शनिबार र आइतबार


गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ ।

परीक्षामा ८२ हजार २ सय ६४ परीक्षार्थी सहभागी हुने ईपीएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेको छ । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घन्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जानकारी खनालले बताए ।

काठमाडौंमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहनेछन् । परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ ।