सरकारी गाडीमा आगजनी

सरकारी गाडीमा आगजनी


राजस्व तालिम केन्द्रको गाडीमा आइतबार दिउँसो आगजनी गरिएको छ । काठमाडौंको शंखमूलमा रहेको यूएनपार्कमा अज्ञात समूहले आगजनी गरेको हो ।

बा १ झ ८८१८ नम्बरको राजस्व तालिम केन्द्रको उक्त सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए ।

आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।