सप्तरीमा आइरिस प्रविधिको माध्यमबाट पठनपाठन शुरु

सप्तरीमा आइरिस प्रविधिको माध्यमबाट पठनपाठन शुरु


हेमशंकर सिंह

राजविराज । सप्तरीको जनता माध्यमिक विद्यालय सितापुर, भुर्कीमा जिल्लामै पहिलोपटक आइरिस प्रविधिको माध्यमवाट पठनपाठन शुरु गरिएको छ ।

विद्यालय स्तरमा जिल्लाकै पहिलो आइरिस प्रविधिको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले आइतबार एक कार्यक्रमको बीच स्वीच थिचेर उद्घाटन गरेका हुन् ।

आइरिस प्रविधिको उद्घाटन गर्दै अध्यक्ष चौधरीले आधुनिक युगमा यस्ता खाले नयाँ प्रणालीद्वारा बालबालिका र शिक्षक शिक्षिकालाई शिक्षण सिकाईको लागि उपयोगी हुने बताए ।

प्रविधिको विकाससँगै विद्यालयले नौलो प्रणलीबाट शिक्षण सिकाईको माध्यम अपनाएर पठनपाठन शुरु गरेकोमा धन्यवाद दिँदै अध्यक्ष चौधरीले भौतिक पुर्वाधार र प्रविधिको सम्पन्नतासँगै गुणस्तरीय शिक्षा बालबलिकाहरुले पाउनुपर्र्नेेमा जोड दिए । जनचाहना अनुसार नयाँ—नयाँ प्रविधि लागू गरेर जिल्लाकै नमुना विद्यालयको पहिचान वनाउन सफलता हाँसिल गरेको प्रति खुशी व्यक्त गरे ।

अग्नीसाइर कृष्णा सवरन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरीले विधालयको स्तरोन्नतीको लागी वडाबाट सधै सहयोग रहने बताए ।

विद्यालय व्यास्थापन समितिका अध्यक्ष अशोककुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक दुर्गानन्द चौधरीले आइरिस प्रविधिको आवश्यकता र महत्वको कारे प्रकाश पारे । धेरै विद्यालयहरुमा प्रजेक्टरको माध्यमले पढाइए पनि आइरिस प्रविधि जिल्लामै पहिलो भएको उनले बताए ।

मावि सितापुर भुर्कीमा नेपाली र अंग्रजी माध्यमबाट पढाई, कमप्यूटर कक्षाको व्यवस्था, विज्ञान प्रयोगशाला र आइरिस प्रविधिवाट पठनपाठन हुने गरेको प्रधानाध्यापक चौधरीले जानकारी दिए ।