अब नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआईजी

अब नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआईजी


अब नेपाल प्रहरीमा तीन र सशस्त्र प्रहरीमा दुईजना एआईजी रहने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी तीन र सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी दुई कायम रहेको मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिएका हुन् ।

यसअघि नेपाल प्रहरीमा १६ र सशस्त्र प्रहरी बलमा ६ जना अतिरिक्त प्रहरी महानिरीक्षकको स्वीकृत दरबन्दी रहेको थियो ।