स्पेनेली नागरिक मृत भेटिए

स्पेनेली नागरिक मृत भेटिए


नेपाल भ्रमणमा रहेका एक स्पेनेली नागरिकको आइतबार मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका–५ तेलकोटबाट पैदल चाँगुनारायणतर्फ जाने क्रममा स्पेनेली नागरिक ७२ वर्षीया मेर्सेडस मर्ट अचानक बेहोस भएका थिए । उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए ।

यस्तै, चाँगुनारायण नगरपालिका–५ खरिपाटी घर भई हाल भक्तपुर नगरपालिका– १० कमलविनायक बस्ने ३५ वर्षीय पलमान गिरीले आइतबार आफ्नै छोराको हत्या गरेका छन् ।

गिरीले १२ वर्षीय छोरा प्रतिकलाई छुरा हानेर घाइते बनाएका थिए । राससका अनुसार उनको काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए ।