स्वास्थ्य स्वयमसेविकालाई प्रजनन स्वास्थ्य तालिम

स्वास्थ्य स्वयमसेविकालाई प्रजनन स्वास्थ्य तालिम


लुम्बिनी ग्रामीण विकास परिषदको आयोजना र सुद्धोधन गाउँपालिक–१ को आर्थिक सहयोगमा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तीनदिने प्रजनन स्वास्थ्य तालिम सुरु भएको छ ।

तालिमको उदघाटना गर्दै सुद्धोधन गाउँपालिक–१ का अध्यक्ष बिष्णुप्रसाद बस्यालले घर–घरमा पुग्ने महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई सक्षम बनाएपछि उनीहरूबाट पाउने सेवा प्रभावकारी हुनमा विश्वस्त हुन सकिने बताए । गाउँमा सचेतना फैलाउने पहिलो पात्र नै उनीहरू हुन सक्ने हुँदा यसरी तालिमको व्यवस्था गर्नुपरेको उनको भनाई थियो ।

लुम्बिनी ग्रामीण विकास परिषदका अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा खडगवनगाई हेल्थपोष्टका विकला पन्थी, रामप्रसाद पौडेल, वसुन्धरा भुसाल लगायतले बोल्दै महिला स्वास्थ्य स्वयमसेविकालाई सक्षम बनाउनु अपरिहार्य रहेको सुझाव पेस गरे । तालिममा वडा नं १ र २ का स्वास्थ्य स्वयमसेविकाहरूको सहभागिता रहेको छ ।