तपाईंको यो साता (राशिफल, २०७५ जेठ ३०-०५ असार)

तपाईंको यो साता (राशिफल, २०७५ जेठ ३०-०५ असार)


पं. नारायणप्रसाद दुलाल
(ज्योतिषाचार्य/वास्तुविद)

मेष
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । यो साताका लागि शुभअङ्क १, ५ र शुभ रङ गुलाबी या पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को पूजा–अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष
दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । घरव्यवहारको समस्याले सताउनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक हुँदैन । प्रतिद्वन्द्वीहरूले कार्यमा अवरोध ल्याउनेछन् । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ वैजनी वा घिउरङ हो । शुभकर्म गर्नुपूर्व भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

मिथुन
दैनिक कार्यमा प्रगति हुँदै जानेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । साताको अन्त्यमा सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा निराशा र शरीरमा आलस्यता आउला । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ पहेँलो वा घिउरङ हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट
वैदेशिक देशिक कार्य अघि बढ्नेछ । समय निकै उत्साहजनक रहनेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । पार्टनरसीपबाट सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् । साताको अन्त्यबाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ । यो साताका लागि शुभअङ्क ४, ५ र शुभरङ सुन्तला रङ हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको दर्शन गरी कार्य आरम्भ दर्दा सफलता मिल्नेछ ।

सिंह
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजाअर्चना गरी गरेको कार्यबाट सफलता मिल्नेछ ।

कन्या
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ६, ८ र शुभरङ नीलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला
नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको अन्त्यबाट राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ सेतो वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृश्चिक
मंगल कार्यको योग छ । रमाइलो यात्राको योग रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शत्रुहरू पराजित हुनेछन् । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो समय छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व महादेवको आराधना गरी आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । इच्छा र आकाङ्कक्षा पूर्ण हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

मकर
आकस्मिक धनलाभ हुनेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । साताको मध्यभागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभ रङ खैरो रङ हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ
आँटेको र ताकेको कार्य पूरा हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पन्न हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि वरुण भगवान्को ध्यान गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

मीन
मति भ्रष्ट हुने समय छ, सचेत रहनुहोला । विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिँदैन । सताको अन्त्यमा साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्यअघि बढ्नेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ कलेजी वा रातो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।