विश्वकप फुटवलको महाकुम्भ आजदेखि शुभारम्भ हुँँदैछ । रसियाले पहिलोपटक आयोजना गर्न लागेको यो २१ औं विश्वकप फुुटवल प्रतियोगितामा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् ।
आजदेखि विश्वकप शुरु हुने भएको छ । विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा आज रातिदेखि औपचारिक रुपमा शुरु हुने भएको हो ।
आजको पहिलो खेल आयोजक रुस र साउदी अरेबियाबीच हुँदैछ । स्थानीय समयअनुसार खेल साँझको ६ बजे सुरु हुनभन्दा आधा घन्टाअघिसम्म पनि सांगीतिक कार्यक्रम चल्नेछ । विगतका उदघाटन समारोहजस्तै आयोजक देशको सभ्यता र संस्कृति देखाउने पक्षमा भने यसपाली पनि समानता हुने बुझिएको छ । यसपटक उदघाटन समारोह धेरै हदसम्म सांगीतिक प्रस्तुतीहरुमा केन्द्रित हुने बताइएको छ ।
पुटिनले विश्वकप आयोजनाको तयारीमा रुसले कुनै कसर बाँकी नराखेको बताएका छन् । यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देश विश्वकप आयोजनाका लागि पूरा तयार भइसकेको घोषणा गरेका छन् । उद्घाटन समारोहमा ५ सय डान्सर, जिम्न्यास्ट र कलाकारहरुका प्रस्तुती समावेश हुनेछन् भने सो अवसरमा रुसकी प्रख्यात गायिका गारिफुलिनाले आफ्नो प्रस्तुती राख्ने कार्यक्रम तय भएको छ ।
१० लाखभन्दा बढि विदेशी पर्यटकले विश्वकपकै लागि रुसको भ्रमण गर्ने अपेक्षा गरिएको छ । ३५ लाखभन्दा बढीले प्रतियोगिताभर रंगशालामै गएर खेल हेर्ने अनुमान रुसी सरकारले गरेको छ । यस्तै, विश्वभरी एक अर्बभन्दा बढीले टेलिभिजनबाट दैनिक विश्वकप हेर्ने फिफाको अपेक्षा छ ।
प्रतिक्रिया