काङ्ग्रेस उपसभापति शर्मासँग ‘नागरिक शक्ति’को राजनीतिक भेटघाट

काङ्ग्रेस उपसभापति शर्मासँग ‘नागरिक शक्ति’को राजनीतिक भेटघाट


समान राजनीतिक एजेन्डा भएका राजनीतिक दलहरूसँग निरन्तर संवाद तथा सहकार्यको अभियानअन्तर्गत नागरिक शक्ति नेपालका अध्यक्षसहितको प्रतिनिधिमण्डलले बुधबार (१७ असार) नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्मासँग राजनीतिक भेटघाट गरेको छ ।

भेटवार्ताका क्रममा नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, सुशासन, समृद्धि तथा राष्ट्रको दीर्घकालीन भविष्यसँग सम्बन्धित समसामयिक राजनीतिक विषयमा गम्भीर र सकारात्मक छलफल भएको सो पर्टीले जनाएको छ ।

छलफलका क्रममा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै देशको वर्तमान अवस्था, राजनीतिक स्थायित्व, सुशासनको आवश्यकता तथा भविष्यप्रति दुवै पक्ष गम्भीर रहेको धारणा व्यक्त गरिएको छ । राष्ट्रिय हितका विषयमा संवाद, सहकार्य र सकारात्मक राजनीतिक संस्कृतिको विकास आजको आवश्यकता रहेकोमा समेत साझा समझदारी बनेको जनाइएको छ ।

नागरिक शक्ति नेपालले समान राजनीतिक एजेन्डा तथा राष्ट्रिय हितका विषयमा प्रतिबद्ध सबै राजनीतिक शक्तिहरूसँग रचनात्मक संवादलाई आगामी दिनमा पनि निरन्तरता दिँदै देश र जनताको हितमा सहकार्यका सम्भावनालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।