आयोजक रसियाद्धारा साउदी अरबिया ५–० ले पराजित

आयोजक रसियाद्धारा साउदी अरबिया ५–० ले पराजित


२१औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियालाई ५–० गोललले पराजित गरेको छ ।

मस्कोमा जारी विश्वकपको पहिलो खेलको १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध रसियाले पहिलो गोल गरेको हो । युरी गाजिनस्कीले पहिलो गोल गरेका हुन् । त्यसैगरि ४३औं मिनेटमा डेनिस चेरीसेभले दोस्रो गोल गर्दै रुसलाई २–० को अग्रता दिलाउन सफल भएका थिए ।

दोस्रो हाफमा खेलको ७१औं मिनेटमा तेस्रो गोल गरेको रसियाले ९०औं र ९३औं मिनेटमा चौथो र पाँचौं गोल गरेको थियो । तेस्रो गोल आर्टेम ज्युबाले गरेका थिए भने चौथो गोल डेनिस चेरीसेवले गरे । खेल सकिने बेलामा पाएको फ्रिकीकमा एलेक्जेन्डर गोलोविनले पाँचौं गोल गरेका थिए ।

साउदी अरेबिया रसियाको अगाडी निरिह देखिएको थियो ।केही गोल गर्ने संभावनाहरुमा भने साउदी चुकेको थियो ।मस्कोमा भएको खेलमा रसियाले घरेली दर्शकलाई साउदीमाथी ५ गोल गर्दै जित उपहार प्रदान गरेको छ ।