आज उरुग्वे भर्सेस इजिप्टको खेल हुँदै

आज उरुग्वे भर्सेस इजिप्टको खेल हुँदै


विश्वकपमा समुह ए अन्र्तगतका दुई टोलीहरु इजिप्ट र उरुग्वे बीच आज प्रतिस्पर्धा हुने भएको छ । खेल साँझ ५ः४५ बजेबाट शुरु हुने भएको हो ।

विश्वकपको मामिलामा भने इजिप्ट केही कमजोर देखिन्छ । इजिप्टको टोलीले अफ्रिकी मुलुकहरुको खेलमा केही कीर्तिमानहरु राखेको भए पनि उरुग्वेसँग खेल्दा इजिप्टको टोलीमा विश्वकपको अनुभवको कमी खड्किन सक्छ ।

इजिप्ट र उरुग्वे अहिलेसम्म केवल एकपटक मात्र विश्वकपमा प्रतिस्पर्धा गरेका छन् । सन् २००६ मा भएको मैत्रीपूर्ण खेलमा यी दुई टोलीको भेट भएको थियो । उक्त खेलमा उरुग्वे २–० ले विजयी भएको थियो तर त्यसयता भने यी दुई टोलीहरुको बीचमा कुनै खेल भएको छैन ।

त्यसो त इजिप्टका मोहम्मद सलाहको भरमा यो टोली विश्वकपका लागि छानिएको छ । लिभरपुलका स्ट्राइकर अहिले काँधको चोटको सामना गरिरहेको कारण उनले आजको खेलमा सहभागिता जनाउने वा नजनाउने भन्ने निश्चित भइसकेको छैन ।