विश्वकप अन्तर्गत आज तीन टोलीबीच भिडन्त हुँदैछ । पहिलो खेल साँझ ५ः४५ बजे इजिप्ट र उरुग्वे, दोश्रो खेल ८ः४५ बजे मोरक्को र इरान र तेश्रो खेल फुटबलका महारथी तथा विश्वकप २०१८ का प्रमुख दाबेदार पोर्चुगल र स्पेनबीच हुँदैछ । उक्त खेल राती ११ः४५ बजे हुनेछ ।
विश्वकपमा उरुग्वेको तुलनामा इजिप्ट कमजोर देखिए पनि इजिप्टको टोलीले अफ्रिकी मुलुकहरुको खेलमा केही कीर्तिमान राखेको इतिहास छ । तथापि, उरुग्वेसँग विजय पाउन उसले फलामकै चिउरा चपाउनुपर्ने देखिन्छ । विश्वकपको खासै अनुभव नहुनु इजिप्टको अर्को कमजोर पक्ष हो ।
इजिप्ट र उरुग्वे अहिलेसम्म केवल एकपटक मात्र विश्वकपमा प्रतिस्पर्धा गरेका छन् । सन् २००६ मा भएको मैत्रीपूर्ण खेलमा यी दुई टोलीको भेट भएको थियो । उक्त खेलमा उरुग्वे २–० ले विजयी भएको थियो तर त्यसयता भने यी दुई टोलीहरुको बीचमा कुनै खेल भएको छैन ।
त्यसो त इजिप्टका मोहम्मद सलाहको भरमा यो टोली विश्वकपका लागि छानिएको छ । लिभरपुलका स्ट्राइकर अहिले काँधको चोटको सामना गरिरहेको कारण उनले आजको खेलमा सहभागिता जनाउने वा नजनाउने भन्ने निश्चित भइसकेको छैन ।
त्यस्तै दोश्रो खेल मोरक्को र एसियन राष्ट्र इरानबीच हुँदैछ । इरान थुप्रै पटक विश्वकपमा सहभागिता जनाइसकेको हुृँदा इरानले मोरक्कोसँग उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ । त्यस्तै मोरक्को पनि इरानसँग पहिलो विजय हात पार्न त्यत्तिकै आतुर देखिएको छ । यसर्थ, यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अुनमान गरिएको छ ।
तेश्रो खेल फुटबलका महारथी पोर्चुगल र स्पेनबीच हुँदैछ । विश्वकपको प्रमुख दाबेदार रुपमा देखिएका यी दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुनेछ । यी दुईमध्ये कसैको पनि जित हुन सक्ने भएका कारण उनीहरुबीचको खेल लाखौँ दर्शकले हेर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया