करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु


बाजुराको बडिमालिका नगरपालिका–४ तिपाडामा आज विद्युतको खम्बाबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–५ का २० वर्षीया जनकबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

बोहराले दिएको जानकारीअनुसार तिपाडा बजारमा आएका बेला साउदले विद्युतको खम्बामा हात लगाउँदा करेन्ट लागेर मृत्यु भएको हो । मृतक साउदको शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा ल्याइएको प्रहरीले बताएको छ ।