इजिप्ट विरुद्ध उरुग्वे विजयी

इजिप्ट विरुद्ध उरुग्वे विजयी


शुक्रबार रूसको एकाटिरिनवर्गमा भएको विश्वकप खेलको दोस्रो खेलमा उरूग्वेले इजिप्टलाई १–० गोलले हराएको छ ।

उरूग्वेको जीतका लागि जोस गिमेन्नेजको ‘हेडिङ’मार्फत खेलको ८९ औँ मिनेटमा योगदान गरेका थिए । खेलमा उरूवेले निकै पटक गोलका अवसर सिर्जना गरेको भएपनि खेलको अन्तिमसम्म रङ्गशालामा रहेका उरूग्वेका समर्थक निराश देखिन्थे ।
इजिप्टले आफ्ना क्षमतावान् खेलाडी मोहम्मद सालेहलाई घाइते रहेका कारण खेलमा समावेश गरेको थिएन ।

आफ्ना स्टार खेलाडी सालेहविना नै उत्रिएका इजिप्टको समूह उरुग्वेसँग आक्रामक रूपमा प्रस्तुत भएपनि खेलको अन्तिम क्षणमा भएको गोलका कारण उनीहरूलाई निराश बनाएको देखिन्थ्यो ।