२०१८ विश्वकपमा रोनाल्डोको पहिलो ह्याट्रिक

२०१८ विश्वकपमा रोनाल्डोको पहिलो ह्याट्रिक


स्पेन र पोर्चुगलबीच भएको हाइभोल्टेज खेल बराबरीमा समाप्त भएको छ । ग्रुप ‘बी’अन्तर्गत भएको खेलमा दुवै टीमले ३–३ गोल गरे । पोर्चुगलको तर्फबाट क्रिस्ट्रियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । सन् २०१८ को विश्वकपमा ह्याट्रिक गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन् ।

खेलको आरम्भसँगै क्रिस्ट्रियानो रोनाल्डोले पहिलो गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । त्यसपछि रोनाल्डोले ४४ औं र ८८ औं मिनेटमा गोल गरेका थिए । स्पेनले ८८औं मिनेटसम्म ३–२ ले अग्रता कायम गरेपनि अन्तिम समयमा रोनाल्डोले फ्रि किकबाट शान्दार गोल गर्दै बराबरी गरे । रोनाल्डोको यो शानदार प्रदर्शनपछि उनलाई म्यान अफ दि म्याच घोषित गरिएको थियो ।

रोनाल्डो अहिलेसम्म चारवटा विश्वकपमा प्रतिस्पर्धा गरेका छन् । यसअघिका दुईवटा विश्वकपमा रोनाल्डोले ३ गोल मात्र गर्न सफल भएका थिए । तर २०१८ को विश्वकपको पहिलो खेलमै उनले ३ गोल गरेर आफूलाई विश्वकै उत्कृष्ट खेलाडी सावित गरेका छन् ।

रोनाल्डो विश्वकपमा ह्याट्रिक गर्ने ५१औं खेलाडी बनेका छन् । स्मरण रहोस्, रोनाल्डो फुटबल करियरको पनि यो ५१औं ह्याट्रिक थियो । रोनाल्डो स्पेनविरुद्ध ह्याट्रिक गर्ने पहिलो पोर्चुगलका खेलाडी बनेका छन् । साथै रोनाल्डो लगातार चारवटा विश्वकपमा गोल गर्ने चौथो खेलाडी पनि बनेका छन् । यो भन्दाअघि ब्राजिलका पेले, जर्मनीका उवे सेलर र मिरास्लोभले यस्तो किर्तिमान राखेका थिए ।