अष्ट्रेलियालाई पराजित गर्दै फ्रान्सले तीन अंक बटुल्यो

अष्ट्रेलियालाई पराजित गर्दै फ्रान्सले तीन अंक बटुल्यो


ग्रुफ सीअन्तर्गत असार २ गते शनिबार भएको पहिलो खेलमा फ्रान्स विजयी भएको छ । फ्रान्सले अष्ट्रेलियालाई २–१ ले पराजित गरेको हो । फ्रान्सको तर्फवाट एन्टोनी ग्रीजमेनले ५८ औं र पावल पोग्वाले ८१ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई जित दिलाएका हुन् । जीतसँगै फ्रान्सले ३ महत्वपूर्ण अंक हासिल गरेको छ । अष्टे«लियाको तर्फबाट ६३औं मिनेटमा जेडिनाकले गोल गरेका थिए ।

आक्रामक शैलीमा उत्रिएको फ्रान्सले यो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियालाई दबाबमा राखेको थियो । सोही कारण अष्ट्रेलिया डिफेन्स खेल्न बाध्य भएको थियो । फ्रान्सले पहिलो हापमा पाएका उत्कृष्ट अवसर गुमाउँदा पहिलो हाप बराबरीमा टुङ्गिएको थियो । दोश्रो हापमा फ्रान्स नयाँ रणनितिका साथ मैदानमा उत्रिएको थियो । सोही रणनीतिमा सफल हुँदै फ्रान्स २ गोल गर्न सफल भयो ।

फ्रान्सले पहिलो गोल पेनाल्टीद्वारा गरेको थियो । उक्त पेनाल्टी गोल ग्रीजमेनले गर्दै फ्रान्सलाई १–० ले अग्रता दिलाएका थिए । त्यस्तै अष्ट्रेलियाले पनि पहिलो गोल पेनाल्टी मार्फत गदैँ खेललाई बराबरीमा ल्याएको थियो । उक्त गोल अष्ट्रेलियाका पेनाल्टी स्पेलिस्ट जेडिनाकले गरेका थिए ।

खेल बराबरी भएपछि २० मिनेटसम्म दुवै टीमले गोल गर्नका लागि संघर्ष गरेपनि अन्तिम बाजी भने फ्रान्सले मारेको थियो । फ्रान्सले ८१ मिनेटमा गोल गर्दै ३ अंक बटुलेको थियो ।