मेसीको निरासाजनक प्रदर्शन, अर्जेन्टिना बराबरीमा रोकियो

मेसीको निरासाजनक प्रदर्शन, अर्जेन्टिना बराबरीमा रोकियो


फिफा विश्वकप–२०१८ को ग्रुप ‘डी’अन्तर्गत भएको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डबीच खेल बराबरीमा टुङ्गिएको छ ।

विश्वकपको प्रमुख दाबेदार अर्जेन्टिनालाई आइसल्याण्डका गोलकिपर हेलडोरशनले असफल पारेपछि अर्जेन्टिना बराबरीमा चित्त बुझाउनु परेको हो । हेलडोरशनको यही उत्कृष्ट प्रदर्शनका कारण उनी म्यान अफ म्याच चुनिन सफल भएका छन् ।

यो खेलमा सबैको दृष्टि स्टार खेलाडी मेसीमाथि थियो । तर ६४ मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टीलाई मेसीले गोलमा परिणत गर्न सकेनन् । मेसीको पेनाल्टी किकलाई आइसल्याण्डका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनाको जितमाथि तुसारापात गरिदिएका थिए ।

आइसल्याण्ड पहिलो पटक फीफा विश्वकप फुटबल खेल्दैछ । उसले आफ्नो पहिलो खेलमै अर्जेन्टिनालाई विजयबाट रोकेर आफूलाई कम नआँक्न चुनौती दिएको छ । १९ औं मिनेटमा सर्गियो एग्वेरोले पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । यसको चार मिनेटपछि आइसल्याण्डका खेलाडी लिय वो पल आयाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यसरी पहिलो हाप बराबरीमा सकिएको थियो ।

पहिलो हाफ बराबरीमा सकिएपनि त्यसपछि दोश्रो हाफमा निकै आक्रामक रुपमा उत्रिएको अर्जेन्टिनाले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियो । दोश्रो हापमा अर्जेन्टिनाले पेनाल्टीको अवसर प्राप्त गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । मेसीले पेनाल्टी मिस गर्दै रंगशालामा उपस्थित २३ हजार दर्शकलाई निरास पारेका थिए ।