रेडक्रसको ‘कृतिम घटना अभ्यास’

रेडक्रसको ‘कृतिम घटना अभ्यास’


डोटीमा बिपद पूर्बतयारीका साथै सचेतना फैलाउने उद्देश्यले ‘कृतिम घटना अभ्यास’ प्रदर्शन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डोटीले आयोजना गरेको उक्त अभ्यासमा भुकम्म, आगजनी, बाढीपहिरो लगायतका बिपद जोखिम न्यूनिकरणमा रेडक्रसको भूमिकाका बारेमा देखाइएको थियो ।

जिल्लास्थित सरोकारवालाहरुको बिचमा गरिएको सो कार्यक्रममा प्रमूख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादबले रेडक्रसजस्ता मानवताबादी संस्थाहरुसंग सरकार जहिल्यै संगसंगै हुने बताए । बिपद जोखिम न्यूनिकरणमा रेडक्रसको भूमिका जहिल्यै सराहनिय रहेको बताउँदै उनले यसमा पनि कृतिम घटना अभ्यास जस्ता कार्यक्रमले बिपद न्यूनिकरणका लागि थप उर्जा र सचेतना प्रबाह गरेको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दिल्पेश्वर उप–शाखाका सभापति अनन्त कठायतले रेडक्रस स्वयम्सेवकहरुलाई अझै दक्ष, परिस्कृत पार्दै सेवाभाव सिर्जना गर्ने किसिमका कार्यक्रमहरु प्राथमिकतामा रहेको बताए ।

बिपद जोखिम न्यूनिकरणका लागि रेडक्रस जिल्ला शाखाले सन् २०१२ देखि जिल्लामा जोखिममा रहेका क्षेत्रहरुमा ‘बिपद् प्रतिकार्यका लागि सामुदायिक पहल टोली’ निर्माण गर्दै उनीहरुको दक्षता बढाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । जुन टोली बिपदका बेला उद्धार कार्यमा खटिदै आएका छन् । जोखिममा रहेका जिल्लाका २२ वटा स्थानमा बिपद् प्रतिकार्यका लागि सामुदायिक पहल टोली निर्माण गरिएको छ । जसमा दक्ष उद्धारकर्ताहरु रहन्छन् र पर्याप्त उद्धार सामाग्री पनि प्रदान गरिएको छ । जसअन्तर्गत कुल एक सय ९२ जना स्वयम् सेवक छन् । स्वयम्सेवकलाई तालिम दिन जिल्लामा १२ जना राष्ट्रिय स्तरका प्रशिक्षक समेत तयार पारिएको जिल्ला शाखाका मन्त्री देब बोहराले बताए ।

बिपद्को पूर्बतयारी गर्ने र सचेतना फैलाउने उद्देश्यले रेडक्रसले यस्ता कृतिम घटना अभ्यासका कार्यहरु गर्दै आएको छ । यसले रेडक्रसका स्वयम् सेवकहरुलाई उद्धार कार्यको तयारी गर्न सघाउ पुग्ने र घटना अभ्यास गर्दा स्थानीय नागरिकलाई सचेतना पनि पुग्ने भएकाले जोखिम न्यूनिकरणमा सघाउ पुग्ने मन्त्री बोहराले बताए ।