विद्युत् सेवा अवरुद्ध हुँदा २५० परिवार अँध्यारोमा

विद्युत् सेवा अवरुद्ध हुँदा २५० परिवार अँध्यारोमा


बाजुराको गौमूल गाउँपालिका–२ मा रहेको तुसारीगार्ड लघुजलविद्युत् आयोजना अवरुद्ध भएको छ ।

विद्युतको मेशिनमा खराबी आएपछि विद्युुत् सेवा अवरुद्ध भएको विद्युत् सञ्चालक समितिले जनाएको छ । विद्यत् बन्द भएपछि स्थानीय २५० परिवार अँध्यारोमा बस्न बाध्य भएका छन् ।

विद्युत् सेवा सञ्चालनका लागि स्थानीय उपभोक्तासँग आर्थिक स्रोत अभावका कारण तत्काल सञ्चालनको सम्भावना कमै देखिएको बताइएको छ । राससका अनुसार विद्युत् स्थानीयवासीको सक्रियतामा निर्माण गरिएको थियो ।