नेप न्युट्रिसनले भित्र्यायो पावर सप्लिमेन्ट

नेप न्युट्रिसनले भित्र्यायो पावर सप्लिमेन्ट


स्वस्थ शरीर र स्वस्थताका लागि आवश्यक पौष्टिक तत्वयुक्त मसल्स फर्म सप्लिमेन्टको नेपालमा बिक्री–वितरण हुने भएको छ । अमेरिकामा निर्मित यो सप्लिमेन्ट नेपालमा नेप न्युट्रिसनले भित्र्याएको हो । नेप न्युट्रिसनले राजधानीमा असार ३ गते गरेको पत्रकार सम्मेलनमा उत्पादनबारे जानकारी गराएको हो ।

शारीरिक सुगठन र स्वस्थताका लागि सम्पूर्ण पोषणयुक्त खाना एकै ठाउँ र आवश्यक समयमा जुटाउन असम्भव हुने भएकोले यस्ता सप्लिमेन्टहरू प्रयोग गर्नुपर्ने नेपालका शारीरिक सुगठनविज्ञ शिवलाल श्रेष्ठले जानकारी गराएका थिए । श्रेष्ठले यो न्युट्रिसनमा कुनै किसिमको डोपिङसँग सम्बन्धित औषधिको प्रयोग नभएको बताए ।

अमेरिकामा डोपिङ प्रयोग भएको पाइएमा ५ वर्ष जेल र ५० हजार डलर जरिवाना हुनुका साथै अमेरिका डोपिङ प्रयोगको विपक्षमा रहेकोले अमेरिकामा उत्पादन भएका वस्तुमा डोपिङसँग सम्बन्धित औषधिको प्रयोग नहुने र यो उत्पादन पूर्ण रूपमा शरीरका लागि आवश्यक पौष्टिक उत्पादन भएको श्रेष्ठको दाबी थियो ।

यो उत्पादन शारीरिक सुगठन खेलमा लागेकाहरूका लागि अति नै महत्वपूर्ण पौष्टिक तत्व रहेको र अन्य पावर गेम खेल्ने खेलाडी, स्वस्थ रहन चाहने र नियमित व्यायाम गर्ने व्यक्तिहरूका लागि पनि यो आवश्यक रहेको नेप न्युट्रिसन प्रोपाइटर तथा मिस्टर धर्मश्री अर्जुन वर्णवालले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

पावर गेन गर्न र तौल कम गर्नुका साथै विभिन्न थरीका खानाबाटै बनाइएका कारण खानाको सप्लिमेन्टको रूपमा समेत रहेको वर्णवालले जानकारी गराए । नेपालमा मसल्स फर्मका १९ प्रकारका उत्पादन भित्र्याएकोसमेत वर्णवालले बताए । नेपा न्युट्रिसनमा वर्णवालसहित शारीरिक सुगठनमा लागेका विमल श्रेष्ठलगायतको सामूहिक लगानी रहेको छ ।