ढुंगाले किचेर एकको मृत्यु

ढुंगाले किचेर एकको मृत्यु


भोजपुरमा ग्रामीण सडक खन्ने क्रममा एक वृद्धको मृत्यु भएको छ । बाटो खन्दाखन्दै माथिबाट बगेर आएको ढुङ्गाले किच्दा उनको घटनास्थलमै ज्यान गएको हो ।

षडानन्द नगरपालिका–३ स्थित कुनालुङको शंखेखोलामा सडक खन्दाखन्दै माथिबाट बगेर आएको ढुङ्गाले किच्दा सोही स्थानका ६० वर्षीय श्रीप्रसाद राईको मृत्यु गएको हो ।

स्थानीय बासिन्दाको जनश्रमदानमा हिजोदेखि निर्माण भइरहेको उक्त सडक खन्दै गर्दा राईलाई ढुङ्गाले किचेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।