मोबाइल पसलमा चोरी गर्ने गिरोहका सदस्य पक्राउ

मोबाइल पसलमा चोरी गर्ने गिरोहका सदस्य पक्राउ


काठमाडौंको चाबहिल चुच्चेपाटीस्थित भाटभटेनीस्थित गोल्छा अर्गनाईजेशनले सञ्चालन गरेको मोवाइलको शोरुम तोडी मोबाइल सेट र नगद चोरी गर्ने गिरोहका दुईजनालाई प्रहरी पक्राउ गरी सार्वजनिक गरेको छ । गत जेठ १८ गते रातको समयमा चुच्चेपाटी भाटभटेनीमा रहेको हिम इलेक्ट्रिोनिक्स र सामसुङ मोबाइलको शोरुम तोडेर अभियुक्तहरुले ८३ थान मोबाइल र नगद गरी अन्दाजी लगभग २८ लाख १९ हजार चोरी गरेका प्रहरीको भनाई छ ।

पक्राउ परेका अभियुक्तहरुमा वीरगञ्जका ३६ वर्षीय जितेन्द्र रौनियार र रामेछापका ३३ वर्षीय जयराम श्रेष्ठ रहेका छन् । आवश्यक कारवाहीका लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर वृत्त गौशाला पठाइएको छ ।