थ्री अन थ्रीको उपाधि लर्डबुद्ध र बिग थ्रीलाई

थ्री अन थ्रीको उपाधि लर्डबुद्ध र बिग थ्रीलाई


लर्डबुद्ध र बिग थ्रीले पाँचौँ साइपाल थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । लर्डबुद्ध ब्वाइज र बिग थ्री गल्र्समा च्याम्पियन भएका हुन् ।

साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा लर्डबुद्धले ग्रेटमायालाई १५–१४ ले पराजित गरेको थियो । लर्डबुद्धको जितमा पवन खत्रीले ५ अंक योगदान गरेका थिए । त्यस्तै गल्र्सको उपाधि भिडन्तमा बिग थ्रीले लुम्बिनीलाई १७–१२ ले पराजित गरेको हो । विजयी टिमका लागि संगीता फुँयालले १५ अंक जोडेकी थिइन् । ब्वाइज र गल्र्सको फाइनलमा पराजित दुवै टोली डिफेन्डिङ च्याम्पियन हुन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय पवन र संगीता ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । दुवैले साइपालमा प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।

विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने र राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङतानले पुरस्कृत गरेका थिए । तीनदिने प्रतियोगिताको ब्वाइजमा ४८ र गल्र्समा २४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।