विल्सन र भ्याली पब्लिक च्याम्पियन

विल्सन र भ्याली पब्लिक च्याम्पियन


विल्सन एकेडेमी र भ्याली पब्लिक नवौँ हिम्स अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । विल्सन ब्वाइज र भ्याली पब्लिक गल्र्समा पहिलो भएका हुन् ।

ब्वाइज फाइनलमा विल्सनले भ्याली पब्लिकलाई ५५–५१ ले पराजित गरेको हो । सो खेलमा विल्सनका पेम्बा शेर्पाले २८ स्कोर गरेका थिए । त्यस्तै गल्र्स फाइनलमा भ्याली पब्लिकले श्रीदिवालाई ३१–२० ले फराकिलो अन्तरले पराजित गरेको थियो । भ्याली पब्लिककी सुमिना तामाङले १४ अंक जोडेकी थिइन् ।

ब्वाइजमा विल्सनका छिरिङ थापा मगर तथा गल्र्समा भ्याली पब्लिककी सुमिना ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जेठ २५ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १६ र गल्र्समा ८ टिम सहभागी थिए ।