यतिबेला विश्वकप फुटबलको ज्वरोले सारा फुटबलप्रेमीहरूलाई गाँजेको छ । सबै आफ्नो टिमलाई विजय दिलाउन रातको निद्रा मार्दै आएका छन् । यस्तो अवस्थामा बिरालोपछि विजेताको भविष्यवाणी गर्न अहिले एक सुगा मैदानमा उत्रिएको छ ।
‘ओलिबिया’ नामक उक्त सुगाले आज असार ५ गते मंगलबार बेलुकी ५ः४५ बजे जापान र कोलम्बियाबीच हुने खेलको भविष्यवाणी गरेको छ । सुगाले गरेको भविष्यवाणीअनुसार आजकोे पहिलो खेलमा जापानले नजित्ने सङ्केत गरेको छ ।
‘ओलिबिया’ले थुप्रै वर्षदेखि भविष्यवाणी गर्दै आएको छ । जापानको साङ्केतिक समाचारका अनुसार पहिले यो सुगाले बराबरीको झन्डामा सङ्केत गरे पनि त्यसपछि कोलम्बियाको झन्डालाई उठाएको थियो । खैरो रङको यो सुगा जापानको टोकियो सहरको उत्तरस्थित टोचिगीको नासुु एनिमल किङडम बस्छ ।
१३ वर्षको यो सुगाले सन् २०१५ को महिला विश्वकप फुटबलका सात खेलको भविष्यवाणी गरेको थियो । जसमा ६ वटा भविष्यवाणी सही साबित भएका थिए । त्यस्तै, २०१६ मा ब्राजिलको रियोमा सम्पन्न ओलम्पिक फुटबलको पनि यो सुगाले ७ वटा खेलको भविष्यवाणी गरेको थियो । जसमा ५ वटा सही साबित भएका थिए ।
प्रतिक्रिया