दक्षिण अमेरिकी राष्ट्रलाई पराजित गर्ने जापान पहिलो एसियाली राष्ट्र

दक्षिण अमेरिकी राष्ट्रलाई पराजित गर्ने जापान पहिलो एसियाली राष्ट्र


फिफा विश्कप फुटबल अन्तर्गत समुह ‘एच’ मा भएको पहिलो खेलमा एसियाली टिम जापानले दक्षिण अमेरिकी टिम कोलम्बियालाई २–१ गोलको अन्तरले पराजित गरेको छ । जापानको तर्फवाट युया ओशाको र शिंन्जी कगावाले गोल गोल गरेका थिए । त्यस्तै कोलम्बिलाको तर्फवाट एक मात्र गोल जुआनले गरेका थिए ।

सुरुमै आक्रमक रुपमा प्रस्तुत भएको जापानले खेल शुभारम्भ भएको ३ मिनेटमै पेनाल्टी प्राप्त गरेको थियो । जापानका खेलाडीले गोलपोस्टमा प्रहार गरेको बललाई कोलम्वियन खेलाडी कार्लोस सान्चेसले डि बक्समा हातले रोकेपछि जापानले पेनाल्टी र सान्चेसलाई रेड कार्ड दिएर मैदान बाहिर पठाईएको थियो । त्यसपछि मिडफिल्डर ओशाकाले पेनाल्टी प्रहार गर्दै गोलमा परिणत गरेका थिए । यसरी खेल शुरु भएको ६ मिनेटमै जापानले अग्रता लिन सफल भएको थियो ।

१० खेलाडीमा सिमित कोलम्वियन टीमले त्यसपछि रक्षात्मक खेलको रणनीति अपनाएको थियो । सो रणनीतिको फाइदा उठाउँदै जापानले निकै आक्रमण खेलको प्रस्तुत गर्दै पोस्टमा चार्ज गरेपनि गोल गर्न असफल भएको थियो । यसैविच कोलम्वियाले ३९ मिनेटमा फ्री किक प्राप्त गरेको थियो । जस्लाई कप्तान फाल्काओले सुन्दर प्रहार गर्दै गोलमा परिणत गरेका थिए । यसरी पहिलो हापको खेल बराबरीमा टुङिगएको थियो ।

दोश्रो हापमा जापान अँझै आक्रमक रुपमा प्रस्तुत भएको थियो । खेलको पुरै समय बलमा आफ्नो नियन्त्रण राख्दै कोलम्वियालाई पुरै दबाब बनाएको थियो । परिणाम ७० मिनेटमा जापानले अर्को गोल गर्दै खेलमा २–१ ले अग्रता बनाएको थियो । कर्नरबाट हानेको बललाई युया ओशाकाले हेडद्वारा गोलमा परिणत गरेका थिए । यो विजयसँगै दक्षिण अमेरिकी राष्ट्रलाई पराजित गर्ने जापान एसियाको पहिलो राष्ट्र बनेको छ ।