पत्रकार माझीलाई पुत्र शोक

पत्रकार माझीलाई पुत्र शोक


राजविराज । सप्तरीका पत्रकार कमानन्द माझीलाई पुत्र शोक परेको छ । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ३ कटैया घर भई हाल राजविराज नगरपालिका–५ बस्दै आएका माझीको १७ वर्षिय छोरा गणेशकुमार माझीको गत सोमबार निधन भएको हो ।

छिन्नमस्ता साप्ताहिक पत्रिकाका प्रकाशक एवम् सह–सम्पादक कमानन्द माझीका छोराको निधनप्रति नेपाल पत्रकार महासंघ शााखा सप्तरीले शोक प्रकट गरेको छ । महासंघका अध्यक्ष जितेन्द्र खडगाले एक शोक विज्ञप्ति जारी गरी पत्रकार माझीको छोराको निधनको खवरले नेपाल पत्रकार महासंघ शाखा सप्तरी परिवार स्तब्ध भएको जनाएको छ ।

विगत केही महिनादेखि क्यान्सर रोगबाट पीडित रहँदै आएका गणेशको भारतको हरिद्वारस्थित अस्पतालमा उपचारको क्रममा अल्पायुमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

राजविराज स्थित नोबेल एकेडेमीबाट एसइइ परीक्षा दिएका उनको शवलाई हरिद्वारमै सद्गती गरिएको छ । छोरा गणेशको क्यान्सर रोगको उपचारका लागि महिनौंदेखि नेपाल तथा भारतका अस्पताल धाउँदै आएका थिए । पछिल्लो समय छोराकै सल्लाहमा थप उपचारका लागि भारतको हरिद्वारस्थित एक अस्पतालमा उपचार हुँदै आएको थियो ।

खोलामा डुवेर वालिकाको मृत्यू

सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सुन्दरी खोलामा डुवेर मंगलवार ६ बर्षिया वालिकाको मृत्यू भएको छ । कञ्चनरुप वार्ड नं. १२ बस्ने डिक बहादुर विककी ६ बर्षिया छोरी स्मृती बिकको स्थानिय सुन्दरी खोलाले बनाएको १० फिट गहिरो खाल्डोमा खेल्ने क्रममा डुवेर मृत्यू भएको प्रहरी जनाएको छ ।